यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झुटो ओठ
हितोपदेश 12 : 22
22 परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ।
हितोपदेश 6 : 16 – 19
16 छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:
17 अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
18 दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,
19 असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
हितोपदेश 12 : 19
19 सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।
यूहन्ना 8 : 44
44 तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
प्रस्थान 23 : 1
1 झूटा गवाही नदेओ। दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन।
एफिसी 6 : 1
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
हितोपदेश 24 : 28
28 आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्।
हितोपदेश 12 : 17
17 एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
कलस्सी 3 : 9 – 10
9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ,
10 र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
प्रकाश 21 : 27
27 तर थुमाका जीवनको पुस्तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्नेछैन।
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
कलस्सी 3 : 9
9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ,
१ यूहन्ना 1 : 10
10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।
प्रस्थान 20 : 16
16 “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
यशैया 40 : 8
8 घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”
प्रेरित 5 : 1 – 11
1 तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे,
2 र त्यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे, र केही हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।
3 तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो?
4 त्यो बिक्री नभइञ्जेल के त्यो तिम्रो आफ्नै थिएन? र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ।”
5 यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्यागे। यो सुन्नेहरू सबैमाथि ठूलो डर छायो।
6 तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए।
7 जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्टापछि तिनकी पत्नी पनि भित्र आई।
8 पत्रुसले त्यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्यत्तिमै बेचेका हौ?” अनि त्यसले भनी, “ज्यू, त्यत्तिमै।”
9 तर पत्रुसले त्यसलाई भने, “तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्।”
10 अनि तुरुन्तै त्यो उनका पाउनेर लड़ी र प्राण त्याग गरी। जब जवानहरू भित्र आए, त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्यसको पतिको नजिकमा गाडिदिए।
11 सारा मण्डलीमाथि [1] र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो।
हितोपदेश 14 : 5
5 साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
Leave a Reply