यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झरना, लाक्षणिक
भजनसंग्रह 36 : 9
9 किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्योतिमा हामी प्रकाश देख्छौं।
यर्मिया 2 : 13
13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।
योएल 3 : 18
18 “त्यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्न लाग्नेछ। यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ, र परमेश्वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्यकालाई भिजाउनेछ।
जकरिया 13 : 1
1 “त्यस दिन तिनीहरूको पाप र अशुद्धता सफा गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूका निम्ति पानीको एउटा मूल फुटेर निस्कनेछ।
प्रकाश 7 : 17
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”
हितोपदेश 25 : 26
26 दुष्टको कुरामा लाग्ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।
Leave a Reply