जोसेफ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोसेफ

उत्‍पत्ति 30 : 24
24 तिनले त्‍यसको नाउँ योसेफ राखिन्‌। अनि तिनले भनिन्, “परमेश्‍वरले मलाई अर्को छोरो पनि देऊन्‌।”

उत्‍पत्ति 39 : 6
6 यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए।

उत्‍पत्ति 33 : 2
2 तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्‍दा अगाड़ि, त्‍यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्‍दा पछि राखे।

उत्‍पत्ति 37 : 4
4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।

उत्‍पत्ति 37 : 35
35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्‍त्‍वना दिने प्रयत्‍न गरे, तर तिनलाई शान्‍ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा [1] जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्‍ति बिलौना गरे।

उत्‍पत्ति 48 : 22
22 त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”

१ इतिहास 5 : 2
2 अनि यहूदा आफ्‍ना भाइहरूमध्‍ये सबैभन्‍दा बलिया भए पनि, र तिनीबाट एउटा शासक आए तापनि ज्‍येष्‍ठ अधिकार योसेफको नै भयो)—

यूहन्‍ना 4 : 5
5 र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्‍नुभयो। यो नगरचाहिँ याकूबले आफ्‍ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्‍यो।

उत्‍पत्ति 37 : 4
4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।

उत्‍पत्ति 37 : 11
11 तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।

उत्‍पत्ति 37 : 28
28 यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।

भजनसंग्रह 105 : 17
17 उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए।

प्रेरित 7 : 9
9 “कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो।

उत्‍पत्ति 37 : 11
11 तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।

उत्‍पत्ति 37 : 28
28 यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।

उत्‍पत्ति 37 : 35
35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्‍त्‍वना दिने प्रयत्‍न गरे, तर तिनलाई शान्‍ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा [1] जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्‍ति बिलौना गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *