जोराम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोराम

२ शमूएल 8 : 10
10 तब उनले आफ्‍ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्‍दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्‍त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्‍याए।

१ इतिहास 18 : 10
10 तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्‍ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्‍याए।

२ राजाहरू 1 : 17
17 तब एलियाले भनेको परमप्रभुको वचनअनुसार तिनी मरे। तिनका छोरा नभएको कारण यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए।

२ राजाहरू 3 : 1
1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए, र तिनले बाह्र वर्षसम्‍म राज्‍य गरे।

२ राजाहरू 5 : 27
27 नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्‍नेबाट गइहाल्‍यो, र त्‍यो हिउँजस्‍तै सेतो कुष्‍ठरोगी भयो।

२ राजाहरू 6 : 23
23 तब तिनले उनीहरूका निम्‍ति एउटा ठूलो भोज दिए, र उनीहरूले खानपान गरिसकेपछि तिनले उनीहरूलाई पठाइदिए, र उनीहरू आफ्‍ना मालिककहाँ फर्के। यसरी अरामीहरूका दलहरूले लूटपीट गर्न इस्राएलीहरूमाथिको आक्रमणलाई रोकिदिए।

२ राजाहरू 8 : 29
29 यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।

२ इतिहास 22 : 6
6 र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए। तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।

२ राजाहरू 8 : 5
5 जब गेहजीले एलीशाले मरेकालाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्‍यही स्‍त्री, जसको छोरालाई एलीशाले मरेकाहरूबाट जीवित पारेका थिए, आफ्‍नो घर र जग्‍गाजमिनको निम्‍ति राजालाई बिन्‍ती गर्नलाई आइन्‌। गेहजीले भन्‍यो, “हे मेरा प्रभु महाराजा, यिनै स्‍त्री हुन्, र एलीशाले पुनर्जीवित पारेको तिनको छोरो यही हो।”

२ राजाहरू 9 : 26
26 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले हिजो नाबोत र त्‍यसका छोराहरूको रगत देखें, र म निश्‍चय नै तँलाई यही जमिनमा साटो लिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ’। यसैले परमप्रभुको वचनअनुसार तिनलाई त्‍यही जग्‍गामा उठाएर फालिदेऊ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *