जेठा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेठा

प्रस्‍थान 13 : 2
2 “इस्राएलीहरूमध्‍येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात्‌ पहिले जन्‍मेका सबै नरहरूलाई मेरो निम्‍ति अर्पण गर्‌। ती मेरा हुन्‌।”

प्रस्‍थान 13 : 16
16 यो परमप्रभुले हामीलाई आफ्‍नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्‍याउनुभएको हो भनी तिमीहरूका निम्‍ति हातमा भएको एउटा चिन्‍ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”

प्रस्‍थान 22 : 30
30 त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।”

प्रस्‍थान 34 : 20
20 गधैनीको पहिलो बियाएको बछेड़ालाई पाठो दिएर छुटाउनू। त्‍यसलाई छुटाएनौ भने त्‍यसको घाँटी भाँचिदिनू। आफ्‍ना सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू।” “मेरो सामुन्‍ने कोही पनि रित्तै देखा नपरोस्‌।

लेवीहरू 27 : 26
26 “‘पशुहरूले बियाएको पहिलो बच्‍चा, साँढ़ेको होस्‌ वा भेड़ाको होस्, ती अघिदेखि परमप्रभुकै हुन्‌— त्‍यसलाई चाहिँ अर्पण नगर्नू।

गन्ती 3 : 13
13 किनकि सबै पहिले जन्‍मने मेरा हुन्‌। मिश्रका पहिले जन्‍मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्‍छे र पशु दुवैका पहिले जन्‍मेका र बियाएकाहरूलाई मेरै निम्‍ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्‌। म परमप्रभु हुँ।”

गन्ती 8 : 18
18 अनि इस्राएलीहरूका जेठा-जेठा जम्‍मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु।

व्यवस्था 15 : 23
23 केवल त्‍यसको रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू।

नहेम्‍याह 10 : 36
36 “हाम्रा परमेश्‍वरको भवनमा, त्‍यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्‍यवस्‍थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्‍याउन हामी प्रतिज्ञा गर्छौं।

प्रस्‍थान 13 : 13
13 पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्‍यो छुटाएनौ भने त्‍यसको घाँटी भाँचिदिनू। आफ्‍ना छोराहरूमध्‍ये जेठालाई छुटाउनू।

प्रस्‍थान 34 : 20
20 गधैनीको पहिलो बियाएको बछेड़ालाई पाठो दिएर छुटाउनू। त्‍यसलाई छुटाएनौ भने त्‍यसको घाँटी भाँचिदिनू। आफ्‍ना सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू।” “मेरो सामुन्‍ने कोही पनि रित्तै देखा नपरोस्‌।

लेवीहरू 27 : 27
27 यदि त्‍यो अशुद्ध पशुको हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यो छुटाइओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्‍यो बेचिओस्‌।

गन्ती 3 : 51
51 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्‍यो छुटकाराको पैसा तिनले हारून र तिनका छोराहरूलाई दिए।

गन्ती 18 : 17
17 “तर साँढ़े, भेड़ा वा बाख्राको पहिले बियाएको पाठा-पाठी छुटाउनुपर्दैन। ती पवित्र हुन्‌। तिनीहरूको रगत तैंले वेदीमा छर्कनू, र परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप तिनीहरूको बोसो जलाउनू।

गन्ती 3 : 12
12 “इस्राएलीहरूमा पहिले जन्‍मेर गर्भ खोल्‍ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,

गन्ती 3 : 45
45 “इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्‍तुहरूका सट्टा लेवीहरूका गाईबस्‍तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्‌। म परमप्रभु हुँ।

गन्ती 8 : 18
18 अनि इस्राएलीहरूका जेठा-जेठा जम्‍मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु।

प्रस्‍थान 11 : 5
5 सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्‍ने कमारीको जेठो छोरासम्‍म, गाईबस्‍तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌।

प्रस्‍थान 12 : 12
12 “त्‍यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्‍मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्‍साफ गर्नेछु। म परमप्रभु हुँ।

प्रस्‍थान 12 : 29
29 मध्‍यरातमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर झ्‍यालखानमा हुने कैदीको जेठो छोरासम्‍म, सबै गाईबस्‍तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्‍मेकाहरू परमप्रभुले मार्नुभयो।

प्रस्‍थान 13 : 15
15 जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्‍मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्‍ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्‍येका जेठालाई चाहिँ छुटाउँछु।

गन्ती 33 : 4
4 त्‍यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्‍ना जेठा-जेठा सन्‍तानहरू गाड्‌न लागेका थिए। किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्‍याय गर्नुभएको थियो।

भजनसंग्रह 78 : 51
51 उहाँले मिश्रदेशका सबै ज्‍येष्‍ठ सन्‍तानलाई, हामका पालमा जवानीको पहिलो फललाई मार्नुभयो।

भजनसंग्रह 105 : 36
36 अनि उहाँले उनीहरूको देशका सबै ज्‍येष्‍ठ सन्‍तान, उनीहरूको पौरखका पहिला फलहरूलाई नाश गर्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *