जुडास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जुडास

मर्कूस 14 : 43 – 45
43 येशू बोल्‍दैहुनुहुँदा बाह्रै चेलाहरूमध्‍येको एक जना यहूदा अचानक त्‍यहाँ देखा पर्‍यो। मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्‍यससँग त्‍यहाँ आयो।
44 उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यस्‍तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्‍वाइँ खाउँला त्‍यो व्‍यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।”
45 अनि सोझै येशूकहाँ गएर यहूदाले भन्‍यो, “हे रब्‍बी,” र उहाँलाई म्‍वाइँ खायो।

भजनसंग्रह 41 : 9
9 मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ।

यूहन्‍ना 6 : 67 – 71
67 येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌
69 र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्‍येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्रमध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो।

मत्ती 27 : 5
5 तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।

मत्ती 27 : 3 – 10
3 तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो,
4 र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।”
5 तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।
6 तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।”
7 तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।
8 यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ।
9 तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्‍का लिए, त्‍यस मूल्‍यको रूपमा, जुन मूल्‍य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,
10 र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।”

लूका 22 : 3 – 6
3 तब बाह्रमध्‍येको एक जना इस्‍करियोत भनिने यहूदाभित्र शैतान पस्‍यो।
4 तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्‍य पूजाहारीहरू र कप्‍तानहरूकहाँ गएर त्‍यसले सल्‍लाह गर्‍यो।
5 तिनीहरू खुसी भए, र त्‍यसलाई रुपियाँ दिने कबोल गरे।
6 त्‍यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्‍न लाग्‍यो।

प्रेरित 1 : 16 – 25
16 “भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो।
17 किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।”
18 त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के।
19 यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत।
20 पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’
21 यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्‍ये यस्‍तो एक जना छान्‍नु आवश्‍यक छ, जुन व्‍यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो,
22 अर्थात्‌ यस्‍तो व्‍यक्ति जो यूहन्‍नाको बप्‍तिस्‍मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्‍म हामीसँग थियो। त्‍यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्‍थानको साक्षी हुनुपर्छ।”
23 तिनीहरूले दुई जना, अर्थात्‌ बारसाबास भन्‍ने योसेफ, जसको कुलनाउँ युस्‍तस थियो, र मतियासको नाउँ प्रस्‍ताव गरे।
24 तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्‍नुहुने प्रभु, यी दुईमध्‍ये तपाईंले कसलाई चुन्‍नुभएको छ सो हामीलाई देखाउनुहोस्,
25 र त्‍यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्‌केर आफ्‍नो निज ठाउँमा मर्‍यो।”

यूहन्‍ना 13 : 2
2 अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्‍करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो।

मत्ती 26 : 14 – 16
14 तब बाह्रमध्‍ये एक जना यहूदा इस्‍करियोत भन्‍नेचाहिँ मुख्‍य पूजाहारीहरूकहाँ गयो,
15 र भन्‍यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्‍छ?” तिनीहरूले त्‍यसलाई चाँदीका तीस सिक्‍का दिए।
16 त्‍यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्‍न थाल्‍यो।

यूहन्‍ना 12 : 4 – 6
4 तर उहाँका चेलाहरूमध्‍ये एक जना, अर्थात्‌ उहाँलाई पक्राउन खोज्‍ने यहूदा इस्‍करियोतले भन्‍यो,
5 “यो अत्तर तीन सय चाँदीका सिक्‍कामा बेचेर त्‍यो रकम गरीबहरूलाई दिए हुँदैनथ्‍यो?”
6 तर त्‍यसले गरीबहरूको ख्‍याल राखेर यो भनेको थिएन, किनकि त्‍यो चोर थियो, र पैसाको थैलो त्‍यसैले राख्‍थ्‍यो, अनि त्‍यहाँबाट चोर्ने गर्थ्‍यो।

यूहन्‍ना 17 : 12
12 जबसम्‍म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्‍ये विनाशको छोराबाहेक अरू कोही नष्‍ट भएन, किनकि धर्मशास्‍त्र पूरा हुन आवश्‍यक थियो।

यूहन्‍ना 13 : 18 – 26
18 “मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्‍छु। तर धर्मशास्‍त्र पूरा होस्‌ भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्‍नो लात उठायो।’
19 “यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्‍दछु, ताकि जब त्‍यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्‍वास होस्‌।
20 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, ‘जसलाई म पठाउँदछु, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ’।”
21 यी कुरा भनेपछि येशू आत्‍मामा व्‍याकुल हुनुभयो र उहाँले गवाही दिई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।”
22 उहाँले कसको विषयमा भन्‍नुभएको हो भनी अनिश्‍चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।
23 उहाँका चेलाहरूमध्‍ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए।
24 तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्‍नुभएको हो?”
25 येशूको छातीमा त्‍यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्‍यो को हो?”
26 येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्‍छु, त्‍यो त्‍यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्‍नुभयो, र निकालेर त्‍यो सिमोनको छोरो यहूदा इस्‍करियोतलाई दिनुभयो।

प्रेरित 1 : 16
16 “भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो।

यूहन्‍ना 12 : 6
6 तर त्‍यसले गरीबहरूको ख्‍याल राखेर यो भनेको थिएन, किनकि त्‍यो चोर थियो, र पैसाको थैलो त्‍यसैले राख्‍थ्‍यो, अनि त्‍यहाँबाट चोर्ने गर्थ्‍यो।

यूहन्‍ना 6 : 70
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्‍येको एक जनाचाहिँ दियाबलस [1] हो।”

यूहन्‍ना 13 : 29
29 किनभने कसै-कसैले यो सोचे, कि यहूदासँग पैसाको थैलो छ, यसैले येशूले त्‍यसलाई चाड़को निम्‍ति चाहिएको सामग्री किनोस्, अथवा त्‍यसले गरीबहरूलाई केही देओस्‌ भन्‍नुभएको हो।

यूहन्‍ना 18 : 2 – 5
2 उहाँलाई पक्राइदिने यहूदाले पनि त्‍यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ धेरैजसो भेला हुनुहुन्‍थ्‍यो।
3 तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्‍य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्‍यहाँ आयो।
4 तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?”
5 तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।

मर्कूस 14 : 18 – 21
18 उहाँहरू ढल्‍केर खानुहुँदैगर्दा येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।”
19 तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्‍यो म हुँ?” भनी सोध्‍न लागे।
20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाह्रैमध्‍ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ।
21 किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्‍छ, तर धिक्‍कार त्‍यस व्‍यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्‍छ। त्‍यस मान्‍छेको त जन्‍मै नभएको भए असल हुनेथियो।”

प्रेरित 1 : 18
18 त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *