यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जीवनको मजा लिदै
उपदेशक 5 : 18
18 तब मैले यो थाहा गरें कि परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्नो घोर परिश्रममा सन्तुष्टि खोज्नु नै मानिसको निम्ति असल र ठीक रहेछ, किनकि यो नै त्यसको भाग हो।
उपदेशक 2 : 24
24 मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढ़ी केही गर्न सक्दैन। यो पनि परमेश्वरको हातबाट आएको म देख्छु।
उपदेशक 11 : 9
9 ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।
हितोपदेश 17 : 22
22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।
१ पत्रुस 3 : 10
10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।
यूहन्ना 16 : 24
24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।
१ तिमोथी 6 : 17
17 यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।
लूका 15 : 7
7 म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ।
Leave a Reply