जिम्री

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जिम्री

गन्ती 25 : 8
8 त्‍यस इस्राएलीको पछिपछि पालभित्र गएर त्‍यस इस्राएली र त्‍यस आइमाई दुवैलाई वारपार रोपिदिए। त्‍यसपछि इस्राएलीहरूबाट त्‍यो विपत्ति हट्यो।

गन्ती 25 : 14
14 त्‍यस मिद्यानी आइमाईको साथमा मारिने इस्राएलीको नाउँ जिम्री थियो, जो शिमियोनको कुलको एक परिवारका मुखिया सालूको छोरो थियो।

१ राजाहरू 16 : 20
20 जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेको विद्रोह के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

२ राजाहरू 9 : 31
31 जब येहू मूल ढोकाभित्र पसे, तब ईजेबेलले सोधिन्, “ए आफ्‍ना मालिकका हत्‍यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”

१ इतिहास 2 : 6
6 जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा— सबै जम्‍मा पाँच जना थिए।

१ इतिहास 8 : 36
36 आहाजचाहिँ यहोअदाका पिता थिए। यहोअदाचाहिँ आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए।

१ इतिहास 9 : 42
42 आहाज यादाहका पिता थिए, र यादाहचाहिँ आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए।

यर्मिया 25 : 25
25 जिम्रीका, एलामका र मादीका सबै राजाहरूलाई,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *