यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जहाज
उत्पत्ति 6 : 22
22 परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
१ राजाहरू 9 : 26
26 राजा सोलोमनले लाल समुद्रको किनारमा भएको एदोमको एलातनेरको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए।
२ इतिहास 8 : 17
17 त्यसपछि सोलोमन एदोमको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए।
१ राजाहरू 22 : 48
48 ओपीरबाट सुन ल्याउनलाई यहोशापातले व्यापारी जहाजहरूको एउटा बेड़ा निर्माण गरे। तर एस्योन-गेबेरमा ती जहाजहरू भत्केको कारण ती समुद्रमै जान पाएनन्।
२ इतिहास 20 : 36
36 व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइसकेपछि,
उत्पत्ति 6 : 14
14 तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू।
इजकिएल 27 : 5
5 तिनीहरूले तेरा सबै काठपातहरू सेनीरका सल्लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्तूल बनाउनलाई लेबनानको देवदारु लिए।
यशैया 18 : 2
2 जसले समुद्रबाट कूशले बनाएका डुङ्गाहरूमा जलपथद्वारा राजदूतहरू पठाउँछ। हे फूर्तिला समाचारवाहक हो, अल्गा र चिल्ला छाला भएको जातिकहाँ जाओ, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ।
उत्पत्ति 6 : 15
15 तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्।
याकूब 3 : 4
4 हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ।
प्रेरित 27 : 40
40 तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए।
यशैया 33 : 23
23 तिमीहरूका जहाजका डोरीहरू खुकुला भएका छन्। मानिसहरूले त्यसको मस्तूलको जग बलियो पार्न सकेनन्। तिनीहरूले तिनका पाल टाँग्न सकेनन्। तब एउटा प्रशस्त लूटको माल बाँड़िनेछ। लङ्गड़ाहरूसमेतले लूटका मालका भाग लिनेछन्।
प्रेरित 27 : 19
19 अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए।
यशैया 33 : 23
23 तिमीहरूका जहाजका डोरीहरू खुकुला भएका छन्। मानिसहरूले त्यसको मस्तूलको जग बलियो पार्न सकेनन्। तिनीहरूले तिनका पाल टाँग्न सकेनन्। तब एउटा प्रशस्त लूटको माल बाँड़िनेछ। लङ्गड़ाहरूसमेतले लूटका मालका भाग लिनेछन्।
प्रेरित 27 : 1
1 समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट् अगस्टसका फौजको युलियस नामक कप्तानको जिम्मा लाइदिए।
प्रेरित 27 : 9
9 समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई
प्रेरित 27 : 17
17 त्यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्तिरबाट बाँध्दै ल्याए, र सिरटिस भन्ने बलौटे धापमा फसिन्छ भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्यो।
प्रेरित 27 : 40
40 तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए।
इजकिएल 27 : 7
7 तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपड़ाको थियो। त्यसैले तेरो झन्डाको काम दियो। एलीशाहको समुद्र-किनारका नीलो र बैजनी रङ्गका कपड़ाको तेरो चँदुवा थियो।
Leave a Reply