यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जरुबाबेल
एज्रा 3 : 8
8 यरूशलेममा भएको परमेश्वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात् पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्यसभन्दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।
एज्रा 4 : 3
3 तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्वरको निम्ति निर्माण गरिरहेका छौं, त्यसमा तिमीहरूको केही सम्बन्ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”
एज्रा 5 : 2
2 तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए।
एज्रा 5 : 16
16 तब यिनै शेशबस्सरले आएर यरूशलेममा परमेश्वरका भवनको जग बसाले। त्यस बेलादेखि अहिलेसम्म त्यसको पुनर्निर्माण भइरहेछ, तर त्यो काम अझसम्म सिद्धिएको छैन’।
हाग्गै 1 : 14
14 यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान् परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न सुरु गरे।
एज्रा 1 : 11
11 सुन र चाँदीका भाँड़ाहरू सबैको जम्मा संख्या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्सरले ती सबै यरूशलेममा ल्याए।
एज्रा 3 : 8
8 यरूशलेममा भएको परमेश्वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात् पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्यसभन्दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।
हाग्गै 2 : 2
2 “शालतिएलको छोरो यहूदाको राज्यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्।
जकरिया 4 : 10
10 “साना कुराहरूको दिनलाई कसले तुच्छ ठान्छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्दा मानिसहरू रमाउनेछन्। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्वीमा यताउता हेरिरहन्छन्।”)
मत्ती 1 : 12
12 बेबिलोनमा बन्दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता,
लूका 3 : 27
27 योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,
Leave a Reply