यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जयन्ती
यशैया 61 : 2
2 परमप्रभुको प्रसन्नताको वर्ष, र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन,
इजकिएल 46 : 17
17 तर यदि तिनले यस्तो दान आफ्ना दासहरूमध्येको कुनै एक जनालाई दिन्छन् भने, दासत्वबाट मुक्त हुने वर्षसम्म मात्रै त्यो त्यसको होस्। त्यसपछि त्यो फेरि राजकुमारकै हुनेछ। तिनको उत्तराधिकार आफ्ना छोराहरूको मात्रै हुन्छ, र त्यो तिनीहरूकै हुनेछ।
लेवीहरू 25 : 55
55 किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 27 : 24
24 पुनर्स्थापनको वर्षमा त्यो खेत जसबाट किनेको हो, अर्थात् जसको अधिकारमा त्यो खेत थियो, त्यसलाई नै फिर्ता गरिओस्।
गन्ती 36 : 4
4 इस्राएलीहरूका पुनर्स्थापनाको वर्ष आउँदा ती स्त्रीहरूको पैतृक-सम्पत्ति पनि विवाह गरेर गएको कुलकै सम्पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्पत्ति हामी गुमाउनेछौं।”
Leave a Reply