यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेमरिम
सपन्याह 1 : 4
4 “म यहूदाको विरुद्धमा र यरूशलेममा बस्नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु।
होशे 10 : 5
5 सामरियामा बस्ने मानिसहरू बेथ-आवनका बाछाको मूर्तिको लागि डराउँछन्। त्यसका प्रजाले त्यसको निम्ति शोक गर्नेछन्, र त्यसका मूर्तिपूजक पूजाहारीहरू जसले त्यसको गौरवमा रमाहट गरेथे, तिनीहरूले विलाप गर्नेछन्, किनभने त्यो तिनीहरूबाट प्रवासमा लगिएको छ।
२ राजाहरू 23 : 15
15 इस्राएललाई पाप गर्न लाएका नबातका छोरा यारोबामले बनाएका बेथेलमा भएको अल्गो ठाउँ र वेदी पनि तिनले भत्काइदिए। तिनले त्यो अल्गो ठाउँलाई जलाइदिए र त्यसलाई धूलोपीठो पारिदिए, र अशेराको खम्बा पनि जलाइदिए।
Leave a Reply