चापलुसी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चापलुसी

अय्‍यूब 17 : 5
5 यदि पुरस्‍कारको निम्‍ति मानिसले आफ्‍ना मित्रहरूको बदनामी गर्छ भने, त्‍यसका छोराहरूका आँखा कमजोर हुनेछन्‌।

अय्‍यूब 32 : 22
22 किनकि म चाप्‍लुसी गर्न जान्‍ने भए, मेरा सृष्‍टिकर्ताले मलाई चाँड़ै उठाइलैजानुहुने थियो।”

भजनसंग्रह 5 : 9
9 तिनीहरूको मुखमा सत्‍यता छैन, अनि तिनीहरूको हृदय दुष्‍टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्‍नो जिब्रोले तिनीहरू छलका कुरा बोल्‍छन्‌।

भजनसंग्रह 12 : 3
3 सबै चापलूसी गर्ने ओठलाई र घमण्‍डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्‌,

भजनसंग्रह 36 : 2
2 किनकि त्‍यसले आफ्‍नो यति प्रशंसा गर्छ कि आफ्‍नो पाप त्‍यसले फेला पार्दैन र घृणा गर्दैन।

भजनसंग्रह 49 : 13
13 आफूमाथि भर पर्नेहरूको गति यस्‍तै हुन्‍छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्‍नेहरूको गति पनि यस्‍तै हुन्‍छ। सेला

भजनसंग्रह 49 : 18
18 त्‍यो बाँचुञ्‍जेल आफूलाई त्‍यसले धन्‍यको ठान्‍यो— कारण मानिसहरूले कोही मानिसको उन्‍नति हुँदा त्‍यसको प्रशंसा गर्छन्‌—

हितोपदेश 6 : 24
24 जसले तँलाई अनैतिक स्‍त्री, र लोभ्‍याउने कुरा गर्ने स्‍वेच्‍छाचारी पत्‍नीबाट जोगाउनेछन्‌।

भजनसंग्रह 78 : 36
36 तर त्‍यसपछि तिनीहरूले ओठले मात्र उहाँको खुशामद गरे, र आफ्‍ना जिब्राले तिनीहरूले उहाँसित झूट बोले।

हितोपदेश 5 : 3
3 किनभने व्‍यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको बोलीचाहिँ तेलभन्‍दा चिप्‍लो हुन्‍छ।

हितोपदेश 7 : 5
5 तब तिनले तँलाई वेश्‍याबाट, र स्‍वेच्‍छाचारी पत्‍नीको मोहित गराउने कुरादेखि जोगाइराख्‍नेछन्‌।

हितोपदेश 7 : 21
21 फकाई-फुस्‍लाईकन त्‍यसले उसलाई रनभुल्‍ल पारी, मोहित कुराहरू गरेर त्‍यसले उसलाई फसाई।

हितोपदेश 14 : 20
20 आफ्‍नै छिमेकीहरूबाट समेत गरीबहरू त्‍यागिन्‍छन्, तर धनीका त धेरै मित्रहरू हुन्‍छन्‌।

हितोपदेश 19 : 4
4 धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्‍याग्‍छ।

हितोपदेश 19 : 6
6 धेरैले शासकको निगाह खोज्‍छन्, र प्रत्‍येक जना उपहार दिने व्‍यक्तिको मित्र हुन्‍छ।

हितोपदेश 20 : 19
19 कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।

हितोपदेश 22 : 16
16 आफ्‍नो सम्‍पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्‍यक्ति दरिद्र बन्‍छन्‌।

हितोपदेश 24 : 24
24 दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्‍छ, मानिसहरूले त्‍यसलाई सराप्‍नेछन्‌ र जातिहरूले त्‍यसको निन्‍दा गर्नेछन्‌।

हितोपदेश 25 : 26
26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

हितोपदेश 26 : 28
28 झूटो जिब्रोले त्‍यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलूसी घस्‍ने मुखले सर्वनाश गराउँछ।

हितोपदेश 27 : 21
21 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ।

हितोपदेश 28 : 23
23 फुर्क्‍याउने जिब्रो भएकोले भन्‍दा हप्‍काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्‍त गर्नेछ।

हितोपदेश 29 : 5
5 आफ्‍नो छिमेकीलाई फुर्क्‍याउनेले त्‍यसका खुट्टा फस्‍ने जाल फिँजाएको हुन्‍छ।

दानिएल 11 : 21
21 “राजकीय सम्‍मान नपाएको एक तिरस्‍कृत व्‍यक्तिद्वारा उनको स्‍थान लिइनेछ। जब मानिसहरूले सुरक्षाको महसूस गरिरहेका हुनेछन्, त्‍यसले त्‍यस राज्‍यमाथि आक्रमण गर्नेछ र त्‍यसले षड्‌यन्‍त्रद्वारा त्‍यस राज्‍यलाई लिनेछ।

दानिएल 11 : 34
34 जब तिनीहरू यसमा लड्‌नेछन्, तिनीहरूले थोरै सहायता पाउनेछन्, र जो ईमानदार छैनन्, उनीहरू सामेल हुनेछन्‌।

लूका 6 : 26
26 धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे।

गलाती 1 : 10
10 के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

१ थेसलोनिकी 2 : 1 – 232

1 भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्‍यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ।
2 हामीले अघिबाटै फिलिप्‍पीमा कष्‍ट भोग्‍यौं र अपमानित भयौं भन्‍ने कुरा तिमीहरूलाई थाहा छ, तर घोर विरोध छँदाछँदै पनि परमेश्‍वरको सुसमाचार प्रचार गर्न हामीलाई परमेश्‍वरमा साहस मिलेको थियो।
3 किनकि हाम्रो अर्ती-उपदेश भूल वा अशुद्धताबाट उब्‍जेको होइन, न त यो छलकपटले भएको हो;
4 तर जसरी सुसमाचार हाम्रो जिम्‍मामा सुम्‍पनका निम्‍ति परमेश्‍वरले हामीलाई योग्‍य ठान्‍नुभयो, त्‍यसरी नै मानिसलाई प्रसन्‍न पार्न होइन, तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई प्रसन्‍न पार्न हामी बोल्‍दछौं।
5 तिमीहरूलाई थाहै छ कि हामीले कहिल्‍यै खुशामदीका कुरा गरेनौं, न हामी लालचको बहानामा फस्‍यौं। यसको साक्षी परमेश्‍वर हुनुहुन्‍छ।
6 ख्रीष्‍टका प्रेरित भएका नाताले हामीले तिमीहरूमाथि अधिकार चलाउन सक्‍थ्‍यौं। तापनि हामीले मानिसहरूबाट आदर खोजेनौं, न त तिमीहरूबाट, न अरू कसैबाट।
7 आफ्‍ना बालकहरूलाई स्‍याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं।
8 यसैले स्‍नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्‍वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्‍पर थियौं, किनकि तिमीहरू हाम्रा निम्‍ति अति प्रिय भएका थियौ।
9 किनभने भाइ हो, हाम्रो कष्‍ट र मेहनतको सम्‍झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्‍यौं।
10 तिमीहरू साक्षी छौ, र परमेश्‍वर पनि, कि तिमी विश्‍वासीहरूका अगि कसरी हाम्रो व्‍यवहार पवित्र, धार्मिक र निष्‍खोट थियो।
11 किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्‍ना छोरा-छोरीहरूलाई जस्‍तै गरी हामीले तिमीहरू प्रत्‍येकलाई कसरी अर्ती-उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई आदेश दियौं,
12 यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍नै राज्‍य र महिमामा बोलाउनुहुन्‍छ।
13 यसकारण यसको निम्‍ति हामी पनि परमेश्‍वरलाई निरन्‍तर धन्‍यवाद चढ़ाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन, जो वास्‍तवमा परमेश्‍वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्‍तै होइन, तर परमेश्‍वरको वचनजस्‍तै ग्रहण गर्‍यौ, जुन वचनले तिमी विश्‍वासीहरूमा काम गर्दछ।
14 किनकि भाइ हो, ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूको अनुकरण गर्ने तिमीहरू भयौ, किनकि आफ्‍नै देश-भाइहरूबाट तिमीहरूले जसरी दुःख भोग्‍यौ, त्‍यसरी तिनीहरूले यहूदीहरूबाट दुःख भोगेका थिए।
15 यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्‍टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्‍वरलाई अप्रसन्‍न तुल्‍याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्‌।
16 अन्‍यजातिहरूको उद्धार होस्‌ भनेर तिनीहरूसँग बोल्‍नमा हामीलाई बाधा दिए। यसरी सधैँ उनीहरू आफ्‍नो पापको नापो भर्छन्‌। तर अन्‍त्‍यमा परमेश्‍वरको क्रोध तिनीहरूमाथि परेको छ।
17 किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्‍प समयको निम्‍ति बिछोड भएका हुनाले, उत्‍कट इच्‍छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्‍सुकतासाथ हामीले चेष्‍टा गर्‍यौं।
18 किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्‍बार आउन चाहें— तर शैतानले हामीलाई रोक्‍यो।
19 हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र?
20 निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *