चर्चको वार्षिकोत्सव

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्चको वार्षिकोत्सव

एफिसी 4 : 16
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।

मत्ती 16 : 18
18 म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली [1] यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

भजनसंग्रह 150 : 1 – 6
1 हल्‍लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्‍थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्‍ति उहाँको प्रशंसा गर! उहाँको उत्‍कृष्‍ट महानताको निम्‍ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्‍यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्‍जायमान पार्ने झ्‍यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

प्रेरित 20 : 28
28 तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।

नहेम्‍याह 4 : 6
6 यसरी हामीले त्‍यसको आधा उचाइसम्‍म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।

१ कोरिन्थी 3 : 9
9 किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।

भजनसंग्रह 100 : 5
5 किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।

उपदेशक 3 : 14
14 मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ।

कलस्सी 3 : 23 – 24
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

मत्ती 5 : 14
14 “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।

१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

लूका 6 : 48
48 त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।

गलाती 1 : 10
10 के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

यूहन्‍ना 10 : 2
2 तर ढोकाबाट भित्र पस्‍नेचाहिँ भेड़ाको गोठालो हो।

२ पत्रुस 1 : 19 – 21
19 हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्‍चित भएको छ। झिसमिसे उज्‍यालो नहोउञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्‍जेल अन्‍धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्‍यस वचनलाई ध्‍यान दियौ भने असल गर्नेछौ।
20 सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन।
21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

१ यूहन्‍ना 5 : 1 – 21
1 येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर्ने हरेक परमेश्‍वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ।
2 जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्‍वरका सन्‍तानलाई प्रेम गर्छौं।
3 परमेश्‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्‌।
4 किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, र संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो।
5 संसारमाथि विजय प्राप्‍त गर्ने को हो? त्‍यही हो, जसले येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी विश्‍वास गर्छ।
6 उहाँ उही नै हुनुहुन्‍छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात्‌ येशू ख्रीष्‍ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो।
7 गवाही दिने त पवित्र आत्‍मा नै हुनुहुन्‍छ, किनकि पवित्र आत्‍मा सत्‍य हुनुहुन्‍छ।
8 किनभने गवाही दिनेहरू तीन छन्, अर्थात्‌ पवित्र आत्‍मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्‍छन्‌।
9 यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्‍वरको गवाही झन्‌ उच्‍च छ। किनकि यही नै परमेश्‍वरको गवाही हो, जुन गवाही उहाँले आफ्‍ना पुत्रको विषयमा दिनुभएको छ।
10 जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ, त्‍यसको हृदयमा यस कुराको गवाही हुन्‍छ। परमेश्‍वरमा विश्‍वास नगर्नेले उहाँलाई झूटा तुल्‍याएको हुन्‍छ। किनकि परमेश्‍वरले आफ्‍ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्‍यसले विश्‍वास गरेको हुँदैन।
11 गवाहीचाहिँ यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।
12 जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन।
13 तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु।
14 परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ।
15 हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्‍वरले सुन्‍नुहुन्‍छ भनी हामी जान्‍दछौं भने, यो पनि जान्‍दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्‍यो हामीलाई प्राप्‍त भएको छ।
16 यदि कसैले आफ्‍नो भाइले पाप गरेको देख्‍छ, अनि त्‍यो पापचाहिँ मृत्‍युमा पुर्‍याउने होइन भने, उसले त्‍यस भाइको निम्‍ति परमेश्‍वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्‍युमा पुर्‍याउने किसिमको छैन, त्‍यसलाई परमेश्‍वरले जीवन दिनुहुन्‍छ। तर यस्‍तो पाप पनि हुन्‍छ, जो मृत्‍युमा पुर्‍याउने हुन्‍छ, जसको निम्‍ति कसैले बिन्‍ती गरिदिनुपर्छ भनी म भन्‍दिनँ।
17 सबै अधर्म पाप हो, तर यस्‍तो पाप पनि हुन्‍छ जो मृत्‍युजनक हुँदैन।
18 परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन।
19 हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ।
20 हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ।
21 साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।

भजनसंग्रह 119 : 89 – 90
89 हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्‍त छ, आकाशमा त्‍यो स्‍थिर रहन्‍छ।
90 तपाईंको विश्‍वसनीयता सबै पुस्‍तासम्‍म रहन्‍छ। तपाईंले पृथ्‍वी स्‍थापित गर्नुभयो, अनि त्‍यो स्‍थिर छ।

भजनसंग्रह 92 : 1 – 15
1 शबाथको निम्‍ति एक भजन [1] परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्‍च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो।
2 बिहान तपाईंका करुणाको, र राती तपाईंको विश्‍वसनीयताको घोषणा गर्नु,
3 तथा दश तारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्‍तुति गर्नु असल कुरा हो।
4 किनकि हे परमप्रभु, तपाईंले आफ्‍ना कामद्वारा मलाई आनन्‍दित तुल्‍याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
5 हे परमप्रभु, तपाईंका कार्यहरू कति महान्‌ छन्‌, तपाईंका विचारहरू कति गम्‍भीर छन्‌!
6 विवेकहीन मानिसले यो जान्‍न सक्‍दैन, र मूर्खले यो बुझ्‍न सक्‍दैन:
7 यद्यपि दुष्‍टहरू घाँसजस्‍तै मौलाउँछन्‌, र सबै दुष्‍टहरूको फलिफाप हुन्‍छ, तर तिनीहरू सधैँको निम्‍ति नष्‍ट पारिनेछन्‌।
8 तर तपाईं हे परमप्रभु, सदाको निम्‍ति उच्‍चमा विराजमान हुनुहुन्‍छ।
9 किनकि हे परमप्रभु, तपाईंका शत्रुहरू अवश्‍य नष्‍ट हुनेछन्‌, तपाईंका शत्रुहरू निश्‍चयनै नष्‍ट हुनेछन्‌, सबै दुष्‍टाचारीहरू तितरबितर हुनेछन्‌।
10 तपाईंले मलाई जङ्गली साँढ़ेको जत्तिकै शक्ति दिनुभएको छ, उत्तम तेलले मेरो अभिषेक भएको छ।
11 मेरा आँखाले मेरा शत्रुहरूको हार भएको देखेका छन्‌, मेरा कानले मेरा दुष्‍ट शत्रुहरू लखेटिएका कुरा सुनेका छन्‌।
12 धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्‍छ, तिनीहरू लेबनानको देवदारुजस्‍तै बढ्‌छन्‌,
13 तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।
14 बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्‍छन्‌, र तिनीहरू ताजा र हरिया रहन्‍छन्‌,
15 र घोषणा गर्छन्‌, परमप्रभु भला हुनुहुन्‍छ। उहाँ मेरो चट्टान हुनुहुन्‍छ, र उहाँमा केही दुष्‍टता छैन।

२ कोरिन्थी 5 : 7
7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *