यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घोडाहरू
अय्यूब 39 : 19 – 25
19 “के तैंले घोड़ालाई त्यसको बल दिन्छस्? अथवा त्यसको घिच्रोलाई जगरले पहिर्याउँछस्?
20 के तैंले त्यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
21 त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।
22 त्यसले डरलाई तुच्छ ठान्छ, र भय के हो जान्दैन, र तरवारको सामु त्यो झुक्दैन।
23 काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।
24 उन्मत जोशसित त्यो कुदेर अगि बढ्छ, तुरही फुकेको आवाज बज्दा त्यो स्थिर बस्नसक्दैन।
25 तुरही बजेको सुनेर त्यसले भन्छ, ‘आहा!’ र टाढ़ैबाट त्यसले सेनापतिको आवाज र लड़ाइँको ध्वनि थाहा पाउँछ?
हितोपदेश 21 : 31
31 युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ।
हबकूक 1 : 8
8 तिनीहरूका घोड़ाहरू चितुवाभन्दा चाँड़ो कुद्ने र बेलुकी निस्कने ब्वाँसाहरूभन्दा क्रूर छन्। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्। तिनीहरू शिकार निल्नलाई वेग हानेर उड्ने गिद्धझैँ अगि बढ्छन्।
याकूब 3 : 3
3 यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं।
भजनसंग्रह 20 : 6 – 7
6 अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ।
7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
जकरिया 6 : 1 – 7
1 फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए।
2 पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू,
3 तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए।
4 मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”
5 ती स्वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्ने खड़ा भएर निस्किआएका हुन्।
6 काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्छ, सेता घोड़ाहरू भएको रथ पश्चिमतिर जान्छ, र पाङ्ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्छ।”
7 जब ती बलिया घोड़ाहरू बाहिर निस्के, तिनीहरू चारैतिर जानलाई तम्सिरहेका थिए। तिनले भने, “पृथ्वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्वीका चारैतिर गए।
प्रकाश 19 : 11 – 21
11 मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
12 उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
14 स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
17 तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्य आकाशमा उड्ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ।
18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”
19 अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।
20 तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए।
21 बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए।
हितोपदेश 26 : 3
3 घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी!
अय्यूब 39 : 19 – 24
19 “के तैंले घोड़ालाई त्यसको बल दिन्छस्? अथवा त्यसको घिच्रोलाई जगरले पहिर्याउँछस्?
20 के तैंले त्यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
21 त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।
22 त्यसले डरलाई तुच्छ ठान्छ, र भय के हो जान्दैन, र तरवारको सामु त्यो झुक्दैन।
23 काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।
24 उन्मत जोशसित त्यो कुदेर अगि बढ्छ, तुरही फुकेको आवाज बज्दा त्यो स्थिर बस्नसक्दैन।
यर्मिया 46 : 4
4 घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्काओ। तिमीहरूका कवच लगाओ।
यशैया 63 : 13
13 जसले तिनीहरूलाई ठेस नलागोस् भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्याउनुभयो।
अय्यूब 39 : 21 – 24
21 त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।
22 त्यसले डरलाई तुच्छ ठान्छ, र भय के हो जान्दैन, र तरवारको सामु त्यो झुक्दैन।
23 काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।
24 उन्मत जोशसित त्यो कुदेर अगि बढ्छ, तुरही फुकेको आवाज बज्दा त्यो स्थिर बस्नसक्दैन।
भजनसंग्रह 20 : 7
7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
न्यायकर्ताहरू 5 : 22
22 तब घोड़ाहरूले टाप बजाए, त्यसका बलिष्ठ घोड़ाहरू वेगसाथ कुदे।
यशैया 5 : 28
28 तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्तै, र तिनीहरूका रथका चक्काहरू आँधीबेहरीजस्तै हुनेछन्।
२ राजाहरू 2 : 11
11 जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्कासि एउटा अग्निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्वर्गतिर लगिए।
श्रेष्ठगीत 1 : 9
9 हे मेरी प्यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।
१ राजाहरू 4 : 26
26 सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।
प्रकाश 19 : 11 – 16
11 मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
12 उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
14 स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
व्यवस्था 20 : 1 – 232
1 तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्दा असंख्य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
2 युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्नुपर्छ,
3 “हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्ने भयभीत नहोओ।
4 किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्ति लड़ेर तिमीहरूलाई विजयी तुल्याउन साथसाथै जानुहुन्छ।”
5 तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्यो आफ्नो घरमा फर्केर जाओस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यसको घर अर्पण गर्नेछ।
6 दाखबारी लगाएर त्यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्यो घर फर्कोस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यो उपभोग गर्नेछ।
7 कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्यो आफ्नो घरमा फर्कोस्। त्यो लड़ाइँमा मारियो भने अर्को मान्छेले त्यसलाई लैजाला।”
8 अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्यो आफ्नो घर फर्कोस्। किनभने त्यसको कारणले त्यसका दाजुभाइहरूले हरेस खानेछन्।”
9 अधिकृतहरूले मानिसहरूलाई सम्बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्।
10 लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्यसका मानिसहरूका अगि शान्तिको प्रस्तावना राख्नू।
11 यदि उनीहरूले शान्ति प्रस्तावना स्वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्ति काम गर्नुपर्छ।
12 तर उनीहरूले तिमीहरूसित शान्तिसम्बन्ध नराखेर लड़ाइँ गर्ने नै इच्छा गर्छन् भने, त्यस सहरलाई घेर।
13 परमप्रभु तिमीहरूका परमेश्वरले त्यो सहर तिमीहरूलाई सुम्पिदिनुभएपछि त्यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार।
14 तर स्त्री, केटाकेटी, गाईबस्तु र त्यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्वरूप लिन सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्छौ।
15 तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।
16 तर परमप्रभु तिमीहरूका परमेश्वरले उत्तराधिकार स्वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्नू।
17 तर परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू।
18 नत्रता उनीहरूले आफ्ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।
19 जब तिमीहरू कुनै सहर लिन त्यसको विरुद्धमा लड़ाइँ गरेर त्यस सहरलाई धेरै दिनसम्म घेरिराख्छौ, तब तिमीहरूले त्यसका रूखहरू नकाट्नू, किनकि तिमीहरूले तिनका फल खान सक्नेछौ। यसकारण ती काटेर नढाल्नू। के जङ्गलका रूखहरू मानिसहरू हुन् र तिमीहरू ती घेरेर नष्ट गर्छौ?
20 तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्न सक्छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्त नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ।
Leave a Reply