यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेरिजिम
व्यवस्था 11 : 29
29 जब परमप्रभु तिमीहरूका आफ्ना परमेश्वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुन्छ, तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।
व्यवस्था 27 : 12
12 तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्जीम डाँड़ामा खड़ा होऊन्।
यहोशू 8 : 33
33 इस्राएलीहरूलाई आशीर्वाद दिनुपर्छ भनी परमप्रभुका दास मोशाले पहिले नै आज्ञा दिएबमोजिम, परदेशी, स्वदेशी, सारा इस्राएली, तिनीहरूका धर्म-गुरुहरू, अधिकारीहरू, न्यायकर्ताहरूसमेत परमप्रभुका, करारको सन्दूक बोक्ने लेवी पूजाहारीहरूका सामुन्ने सन्दूकको दुईतिर आधा एबाल डाँड़ाको सामु र अर्को आधा गीरीज्जीम डाँड़ाको सामु खड़ा भए।
न्यायकर्ताहरू 9 : 7
7 जब यो कुरो योतामलाई सुनाइयो तब तिनी गएर गीरीज्जीम डाँड़ाको टाकुरामा खड़ा भए, र यसो भनेर उच्च सोरले कराए, “हे शकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्वरले तिमीहरूको कुरा सुनून्।”
यूहन्ना 4 : 20
20 हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।”
Leave a Reply