यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिदोन
न्यायकर्ताहरू 8 : 23
23 तर गिदोनले जवाफ दिए, “म वा मेरो छोराले होइन तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”
न्यायकर्ताहरू 6 : 36 – 40
36 गिदोनले परमेश्वरलाई भने, “तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार यदि तपाईंले इस्राएललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि,
37 अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिनचाहिँ सुक्खै रह्यो भने, मलाई यो कुरो निश्चय थाहा हुनेछ कि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मेरै हातद्वारा तपाईंले इस्राएललाई छुटाउनुहुनेछ।”
38 र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे, र त्यो ऊनलाई निचोरे, र शीतबाट एक बटुको पानी निस्क्यो।
39 तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोस्, तर मलाई अझै एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एक पल्ट यस ऊनको जाँच गर्न दिनुहोस्। यस पल्टचाहिँ त्यो ऊन मात्र सुक्खा रहोस्, र सबै जमिनचाहिँ शीतले भिजोस्।”
40 परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा रह्यो, र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो।
न्यायकर्ताहरू 6 : 15
15 गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।”
न्यायकर्ताहरू 8 : 22
22 इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।”
न्यायकर्ताहरू 8 : 33 – 35
33 तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए।
34 तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से।
35 यरूब-बाल, अर्थात् गिदोनले इस्राएलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनुपर्ने दया देखाएनन्।
न्यायकर्ताहरू 8 : 24 – 27
24 अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु। तिमीहरू हरेकले आफ्नो लूटको मालबाट एउटा कुण्डल मलाई देओ।” ती शत्रु इश्माएलीहरूका बीचमा सुनका कुण्डल लगाउने चलन थियो।
25 तिनीहरूले भने, “अवश्यै, हामी ती तपाईंलाई दिनेछौं।” तब एउटा लुगा ओछ्याइयो, र हरेकले त्यसमा आफ्नो लूटको मालबाट सुनको एउटा कुण्डल राखिदियो।
26 तिनले मागेका सुनका कुण्डलको ओजन बीस किलो जति भयो। योचाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लाउने बैजनी वस्त्रबाहेक थियो। उनीहरूका ऊँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै भएन।
27 ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो।
न्यायकर्ताहरू 6 : 16
16 परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्।”
Leave a Reply