यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गफगाफहरू
मत्ती 18 : 15 – 17
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
16 तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्।
17 यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्।
२ थेसलोनिकी 3 : 11 – 12
11 किनकि हामी सुन्दछौं, कि तिमीहरूमध्ये कतिले अल्छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन् तर अरूको काममा व्यर्थै हात हाल्छन्।
12 अब यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा हामी आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरूले चूपचाप आफ्ना काम गरून् र आफ्ना जीविका चलाऊन्।
Leave a Reply