यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गनगन गर्दै
फिलिप्पी 2 : 14
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
याकूब 5 : 9
9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ।
प्रस्थान 16 : 3
3 अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।”
यहूदा 1 : 16
16 फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्।
प्रस्थान 15 : 24
24 यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।
१ कोरिन्थी 10 : 10
10 हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र विनाशकबाट नष्ट भएका थिए।
Leave a Reply