ख्रीष्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ख्रीष्ट

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

रोमी 6 : 3
3 के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं?

प्रेरित 4 : 12
12 अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”

२ कोरिन्थी 6 : 14 – 18
14 अविश्‍वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्‍छ? अथवा अँध्‍यारोसँग उज्‍यालोको के सहभागिता?
15 ख्रीष्‍टको बेलिआलसँग के सरोकार? वा विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के समानता?
16 मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌”
17 “यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
18 म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”

१ यूहन्‍ना 2 : 2
2 उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *