यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खराब विचारहरू
३ यूहन्ना 1 : 11
11 प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
फिलिप्पी 4 : 8
8 अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
रोमी 12 : 21
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
हितोपदेश 24 : 17
17 तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,
हितोपदेश 15 : 26
26 परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ।
याकूब 4 : 11
11 भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरुद्धमा खराब बोल्छ, अथवा आफ्नो भाइलाई दोष लाउँछ, त्यो व्यवस्थाको विरुद्धमा बोल्छ, र त्यसले व्यवस्थाको दोष देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने त तिमी व्यवस्थाबमोजिम चल्ने भएनौ, तर व्यवस्थाको न्यायकर्ता पो भयौ।
रोमी 5 : 1 – 21
1 यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
3 यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ,
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ।
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।
6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
7 धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।
8 तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
9 यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।
10 किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन् बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं।
11 यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ।
12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।
13 व्यवस्था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।
14 आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन्। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।
15 सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो।
16 सित्तैँको वरदानचाहिँ त्यस एक जना मानिसको पापको नतीजाजस्तै होइन। किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्याउँछ।
17 यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।
18 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ।
19 किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्।
20 व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो,
21 यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
एफिसी 4 : 32
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
१ कोरिन्थी 6 : 18
18 व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
उपदेशक 12 : 14
14 किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।
यूहन्ना 13 : 34
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।
हितोपदेश 22 : 3
3 बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।
रोमी 13 : 1 – 7
1 हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्।
3 किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ।
4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
5 यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।
व्यवस्था 10 : 17
17 किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, र उहाँले कहिल्यै घूस लिनुहुन्न।
मत्ती 15 : 19
19 किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्।
उपदेशक 12 : 1 – 14
1 दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, “यस समयमा मेरो मन लाग्दैन,” ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर—
2 सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै,
3 जब घरको हेरचाह गर्नेहरू काम्दछन् र बलिया मानिसहरू झुक्छन्, जब जाँतो पिँध्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्छन् र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्,
4 जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्,
5 जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ, र फटेङ्ग्रो पेटले घस्रँदैहिँड्छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्तको घरमा जानेछ, र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।
6 चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्ग्रो भचाइन अघि,
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
8 “व्यर्थ! व्यर्थ! सबै व्यर्थ!” उपदेशकले भन्दछन्।
9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे।
10 उपदेशकले ठीक-ठीक शब्दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्य थिए।
11 बुद्धिमान्का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्।
12 ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस। धेरै पुस्तकहरू बनाउने कामको अन्त्य हुँदैन। अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ।
13 अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो। परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो।
14 किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।
Leave a Reply