खडेरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खडेरी

उत्‍पत्ति 31 : 40
40 दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्‍तै थियो। मेरा आँखामा पटक्‍कै निद्रा लाग्‍दैनथ्‍यो।

यर्मिया 14 : 6
6 वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्‍यालझैँ पानीको निम्‍ति हाँफ्‍छन्‌। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्‌।”

व्यवस्था 28 : 24
24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।

१ राजाहरू 8 : 35
35 “जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागेर त्‍यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,

२ इतिहास 6 : 26
26 “जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागी यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,

२ इतिहास 7 : 13
13 “जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु,

भजनसंग्रह 32 : 4
4 किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्‍मको तापले भएझैँ सुकिसकेको थियो। सेला

यशैया 44 : 3
3 किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *