खच्चर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खच्चर

२ शमूएल 13 : 29
29 अनि अब्‍शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्‍नो खच्‍चरमा चढ़ेर घरतिर लागे।

२ शमूएल 18 : 9
9 अब दाऊदका कतिपय मानिसहरूले अब्‍शालोमलाई देखे। तिनी एउटा खच्‍चरमा चढ़िरहेका थिए, तर जब त्‍यो खच्‍चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्‍शालोमको कपाल हाँगामा अल्‍झ्‍यो, तिनी झुण्‍डिए, अनि खच्‍चरचाहिँ त्‍यस हाँगामुनिबाट छिरिगयो।

१ राजाहरू 1 : 33
33 राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्‍चरमा सवार गराएर गीहोनसम्‍म साथै लैजाओ।

१ राजाहरू 1 : 38
38 तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्‍चरमा सवार गराए, र तिनलाई गीहोनसम्‍म साथ दिए।

एस्‍तर 8 : 10
10 मोर्दकैले त्‍यो उर्दी राजा अहासूरसको नाउँमा लेखेर त्‍यसमा राजकीय मोहोर लगाए। त्‍यो उर्दी राजकीय अस्‍तबलका घोड़ाहरूमा सवार भएर समाचारवाहकहरूद्वारा पठाइयो।

एस्‍तर 8 : 14
14 यसैले ती समाचारवाहकहरू राजकीय घोड़ाहरूमा सवार भएर राजाको जरूरी उर्दी चाँड़ै लैजान पठाइए। यो उर्दी राजधानी शूशनमा पनि निकालियो।

यशैया 66 : 20
20 अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्‍चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्‍ति बलिजस्‍तै ल्‍याउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “इस्राएलका सन्‍तानले आफ्‍नो अन्‍नबलि चोखो भाँड़ामा परमप्रभुको मन्‍दिरमा ल्‍याएझैँ तिनीहरूले यिनीहरूलाई ल्‍याउनेछन्,

२ राजाहरू 5 : 17
17 नामानले भने, “यदि तपाईं लिनुहुन्‍न भने, आफ्‍नो दासलाई दुई खच्‍चरको भारी माटो लान दिनुहोस्‌। किनकि अब फेरि कहिल्‍यै हजूरको दासले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई होमबलि र बलिदानहरू चढ़ाउनेछैनँ।

१ इतिहास 12 : 40
40 तिनीहरूका चारैतिरका छिमेकीहरूले इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍म टाढ़ाबाट गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा ल्‍याए। पीठो, नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेड़ाहरू धेरै संख्‍यामा थिए, किनभने इस्राएल आनन्‍दले भरिएको थियो।

१ राजाहरू 10 : 25
25 त्‍यसरी आउने हरेकले प्रतिवर्ष आफ्‍नो कोसेली, चाँदी, सुनका चीजहरू, लुगाहरू, हातहतियारहरू, मसलाहरू, घोड़ा र खच्‍चरहरू ल्‍याउँथे।

इजकिएल 27 : 14
14 “‘तेरा व्‍यापारका सामानहरूसित बेथ-तोगर्माका मानिसहरूले मालसामान बोक्‍ने घोड़ा, युद्धका घोड़ा र खच्‍चरहरू साटे।

एज्रा 2 : 66
66 तिनीहरूका घोड़ाहरूको संख्‍या ७३६, खच्‍चर २४५,

नहेम्‍याह 7 : 68
68 तिनीहरूका घोड़ाहरूको संख्‍या ७३६, खच्‍चर २४५,

जकरिया 14 : 15
15 घोड़ाहरू, खच्‍चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्‍मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *