यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्रिस्टल
प्रकाश 21 : 11
11 त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो।
इजकिएल 1 : 22
22 ती जीवित जीवातका शिरको मास्तिर विस्तृत क्षेत्रजस्तै देखिन्थ्यो, बरफझैँ चम्किरहेको र डरलाग्दो,
प्रकाश 4 : 6
6 सिंहासनको अगि स्फटिकतुल्य काँचको समुद्रजस्तो थियो। अगाडि र पछाडि जम्मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।
प्रकाश 22 : 1
1 तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की
अय्यूब 28 : 17
17 सुन र स्फटिकसँग त्यसको तुलना गर्न सकिँदैन, न त निखुर सुनको गहनासित त्यो साट्न सकिन्छ।
प्रकाश 19 : 11 – 16
11 मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
12 उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
14 स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
Leave a Reply