क्रिसमस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्रिसमस

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

यूहन्‍ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

यर्मिया 10 : 2 – 5
2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।
3 किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।
4 उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।
5 खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्‍तै उनीहरूका मूर्तिहरू बोल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बोक्‍नु पर्छ, किनकि तिनीहरू हिँड्‌न सक्‍दैनन्‌। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्‍दैनन्, न त तिनीहरूले केही असल गर्न सक्‍छन्‌।”

मत्ती 1 : 18 – 25
18 येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।
19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।
21 तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌:
23 “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”
24 योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे।
25 मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

मत्ती 2 : 11
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

लूका 1 : 46 – 47
46 अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
47 र मेरो आत्‍मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ।

मत्ती 2 : 1 – 12
1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,
2 “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”
3 जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।
4 अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे।
5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌:
6 ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।”
7 तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।
8 तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”
9 तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।
10 जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।
12 अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

१ तिमोथी 6 : 17
17 यस संसारका धनीहरूलाई घमण्‍डी नहुने आज्ञा देऊ, र अनिश्‍चित सम्‍पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्‍तसँग उपभोग गर्न दिनुहुने परमेश्‍वरमाथि तिनीहरूले आशा राखून्‌।

मत्ती 2 : 2
2 “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”

लूका 2 : 1 – 52
1 ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे।
2 कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो।
3 सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए।
4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए।
5 नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌।
6 तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो।
7 तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।
8 त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे।
9 प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए।
10 तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ।
11 आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।
12 तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”
13 तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,
14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!”
15 जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्‍वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।”
16 तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए।
17 जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए।
18 गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए।
19 तर मरियमले यी सब कुरा गुन्‍दै मनैमा राखिन्‌।
20 जस्‍तो तिनीहरूलाई भनिएको थियो त्‍यस्‍तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्‍वरको महिमा र स्‍तुति गर्दै गोठालाहरू फर्के।
21 आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्‍वर्गदूतले दिएका थिए।
22 मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए,
23 जस्‍तो परमप्रभुको व्‍यवस्‍थामा लेखिएको छ, “पहिलो जन्‍मने हरेक जेठोचाहिँ परमप्रभुको निम्‍ति पवित्र कहलाइनेछ।”
24 अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्‍यवस्‍थामा भनेजस्‍तै तिनीहरू बलिदान चढ़ाउन आए।
25 यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो।
26 “परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए।
27 उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए,
28 तब उनले उहाँलाई आफ्‍नो काखमा लिए, र परमेश्‍वरलाई धन्‍यवाद दिएर भने,
29 “अब हे परमप्रभु, आफ्‍नो वचनअनुसार तपाईंले आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस्‌।
30 किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्,
31 जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ,
32 अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।”
33 अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे।
34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ,
35 ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।”
36 आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌।
37 अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌।
38 त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌।
39 जब तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्‍नै सहर नासरतमा फर्के।
40 बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।
41 उहाँका आमा-बुबा निस्‍तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे।
42 जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो।
43 चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌।
44 उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे,
45 तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्‍दै फेरि यरूशलेममा फर्के।
46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए।
47 सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे।
48 उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”
49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?”
50 तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌।
51 तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌
52 अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।

लूका 2 : 8
8 त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे।

एफिसी 4 : 20 – 27
20 तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।

एस्‍तर 9 : 22
22 आफ्‍ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्‍ति शोकबाट हर्ष र विलापबाट उत्‍सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्‍थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे।

मत्ती 2 : 16
16 तब ज्‍योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्‍योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।

यर्मिया 10 : 1 – 6
1 हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई के भन्‍नुहुन्‍छ सो सुन।
2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।
3 किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।
4 उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।
5 खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्‍तै उनीहरूका मूर्तिहरू बोल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बोक्‍नु पर्छ, किनकि तिनीहरू हिँड्‌न सक्‍दैनन्‌। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्‍दैनन्, न त तिनीहरूले केही असल गर्न सक्‍छन्‌।”
6 हे परमप्रभु, तपाईंजस्‍तो कोही पनि छैन। तपाईं महान्‌ हुनुहुन्‍छ। पराक्रममा तपाईंको नाउँ महान्‌ छ।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

यर्मिया 10 : 2 – 4
2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।
3 किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।
4 उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।

कलस्सी 3 : 1 – 296

1 यसकारण यदि तिमीहरू ख्रीष्‍टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ, र परमेश्‍वरको दाहिने बाहुलीपट्टि बस्‍नुभएको छ।
2 माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।
3 किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ।
4 ख्रीष्‍ट, जो हाम्रो जीवन हुनुहुन्‍छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।
5 यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो।
6 यिनै कुराहरूका खातिर परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरूमाथि आउँदछ।
7 तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ।
8 तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली।
9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ,
10 र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
11 यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्‍य, कमारा र फुक्‍काको भेद रहनेछैन, तर ख्रीष्‍ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्‍छ।
12 यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
14 यी सबैभन्‍दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्‍पूर्ण एकतामा एकसाथ बाँध्‍छ।
15 ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्‌। साँच्‍चै, तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ।
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
18 पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस।
19 पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।
20 छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ।
21 बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌।
22 कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *