क्याथोलिकता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्याथोलिकता

मर्कूस 9 : 41
41 किनभने जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउनेछैन।

लूका 9 : 50
50 तर येशूले तिनलाई भन्‍नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्‍यो तिम्रो पक्षमा हुन्‍छ।”

प्रेरित 10 : 48
48 अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

प्रेरित 11 : 18
18 यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे, “अब त परमेश्‍वरले अन्‍यजातिहरूलाई पनि जीवनको निम्‍ति पश्‍चात्ताप दिनुभएछ।”

प्रेरित 15 : 31
31 पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए।

रोमी 1 : 7
7 रोममा भएका तिमीहरू सबै, परमेश्‍वरका प्रियहरू, जो सन्‍त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

रोमी 1 : 16
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।

रोमी 3 : 31
31 तब के हामी यही विश्‍वासद्वारा व्‍यवस्‍थालाई रद्द गर्ने? कदाचित्‌ होइन! बरु हामीहरू त व्‍यवस्‍थालाई कायम पो राख्‍छौं।

रोमी 4 : 25
25 उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।

रोमी 5 : 2
2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

एफिसी 2 : 17
17 उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,

१ राजाहरू 8 : 41
41 “तपाईंका प्रजा इस्राएलभन्‍दा बाहिरको कुनै विदेशी तपाईंको नाउँ सुनेर टाढ़ा देशबाट आएको छ भने—

प्रेरित 13 : 16
16 तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्,

प्रेरित 13 : 26
26 “ए, अब्राहामका वंशको सन्‍तान, र तिमीहरूमध्‍ये परमेश्‍वरको डर मान्‍ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्‍देश पठाइएको छ।

प्रेरित 13 : 43
43 सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।

प्रेरित 10 : 35
35 तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *