यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कोरे
१ इतिहास 9 : 19
19 शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका कुटुम्बहरू, कोरहवंशीहरूचाहिँ पालका [1] प्रवेशद्वारका रक्षा गर्ने सेवाका जिम्मामा थिए, जसरी तिनीहरूका पुर्खाहरूले परमप्रभुको वासस्थानको प्रवेशद्वारका रक्षकको काम गरेका थिए।
१ इतिहास 26 : 1
1 द्वारपालहरूका दलहरू: कोरहीहरूबाट: कोरेका छोरा मेशेलेम्याह (कोरेचाहिँ आसापका छोराहरूमा एक थिए)।
२ इतिहास 31 : 14
14 परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्न परमेश्वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरू लेवी यिम्नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्मामा थिए।
Leave a Reply