यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुश
यशैया 45 : 14
14 परमप्रभु यसो भन्नुहुन्छ: “मिश्रदेशको उब्जनी र कूश देशको व्यापार र ती ठूला कदका शेबाका मानिस जातिहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्। तिनीहरू तेरो पछिपछि आउनेछन्। साङ्लाले बाँधिएका भएर तिनीहरू तँपट्टि आउनेछन्। तिनीहरू तेरो सामुन्ने झुक्नेछन्, र यसो भनेर तिनीहरूले तँलाई बिन्ती गर्नेछन्, ‘निश्चय नै परमेश्वर तपाईंसँग हुनुहुन्छ। अरू कोही छैन, उहाँबाहेक अरू कोही ईश्वर छैन’।”
यशैया 11 : 11
11 त्यस दिन परमप्रभुले अश्शूर, तल्लो र माथिल्लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रो पल्ट पसार्नुहुनेछ।
Leave a Reply