यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् किसमिस
१ शमूएल 25 : 18
18 यसैले झट्टै दुई सय रोटी, दुई मशक दाखमद्य, काटकुट पारी बनाएका पाँच वटा भेड़ा, आठ पाथी चिउरा, एक सय झुप्पा किशमिश, र सुकाएका नेभाराका दुई सय डल्ला अबीगेलले लिएर गधाहरूमा ती लदाइन्।
१ शमूएल 30 : 12
12 एक डल्लो नेभारा र दुई झुप्पा किशमिश। यी खाइसकेपछि त्यसको शक्ति आयो, किनभने त्यसले तीन दिन तीन रात केही खाएको-पिएको थिएन।
२ शमूएल 16 : 1
1 दाऊद डाँड़ाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपीबोशेतको नोकर सीबासँग तिनको भेट भयो। त्यसले आफूसँग दुई सय रोटी, एक सय झुप्पा किसमिस, नेभाराका एक सय डल्लो र एक मशक दाखमद्य जीन-लगाम कसेका एक हूल गधामा बोकाएर ल्याएको थियो।
१ इतिहास 12 : 40
40 तिनीहरूका चारैतिरका छिमेकीहरूले इस्साखार, जबूलून र नप्तालीसम्म टाढ़ाबाट गधा, ऊँट, खच्चर र गोरुहरूमा खानेकुरा ल्याए। पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेड़ाहरू धेरै संख्यामा थिए, किनभने इस्राएल आनन्दले भरिएको थियो।
Leave a Reply