यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कालो जादू
व्यवस्था 18 : 9 – 14
9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।
10 आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
12 यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।
13 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ।
14 तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्छन्। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।
यशैया 8 : 19
19 जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्त्रमन्त्र गर्ने धामीझाँक्रीसँग सल्लाह लेओ भनी भन्लान्, तब के मानिसहरूले आफ्ना परमेश्वरकहाँ गएर सोध्नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्ने?
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
प्रस्थान 22 : 18
18 “जादुगरी गर्ने स्त्रीलाई जीवित नराख।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 20 : 6
6 “‘जुन मानिस झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर लागेर मलाई विश्वासघात गर्छ, त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नेछु।
हिब्रू 13 : 8 – 9
8 येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
9 विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
मत्ती 21 : 22
22 विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।”
प्रस्थान 7 : 20 – 22
20 तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्मै पानी रगत भइहाल्यो।
21 नील नदीका माछाहरू मरे, र नदी गन्हाउन लाग्यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्। मिश्रको सबै पानी रगत भयो।
22 तर मिश्रका जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे। अनि परमप्रभुले भन्नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्।
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
लूका 10 : 17
17 ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।”
प्रस्थान 7 : 10 – 12
10 तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्ने फालिदिए, र त्यो साँप बन्यो।
11 तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्नो गोप्य सीपले त्यसै गरे:
12 हरेकले आ-आफ्नो लहुरो फाल्यो, र त्यो साँप बन्यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्यो।
यशैया 54 : 17
17 तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्छ।
Leave a Reply