कारबाही गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कारबाही गर्दै

याकूब 2 : 14 – 17
14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र?
15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ,
16 र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र?
17 यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो।

याकूब 1 : 23 – 25
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।

याकूब 2 : 18
18 तर कसैले भन्‍ला, “तिमीसित विश्‍वास छ, मेराचाहिँ कामहरू छन्‌।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्‍नो विश्‍वास तिमीलाई देखाउनेछु।

२ पत्रुस 1 : 5 – 8
5 यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,
6 ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति,
7 भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।
8 किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌।

कलस्सी 3 : 23 – 24
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

१ यूहन्‍ना 3 : 18
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।

लूका 11 : 9
9 “म तिमीहरूलाई भन्‍दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्‍याओ, त तिमीहरूका निम्‍ति खोलिनेछ।

१ पत्रुस 1 : 13
13 यसकारण आफ्‍नो मन बाँध, संयमी होओ र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख।

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

एफिसी 6 : 10 – 18
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

१ तिमोथी 6 : 18 – 19
18 तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्‌।
19 यसरी आफ्‍नै लागि भविष्‍यको असल जग बसाल्‍न सकून्, ताकि तिनीहरूले त्‍यो जीवन पक्रिराखून्‌ जो साँच्‍ची नै जीवन हो।

हिब्रू 6 : 11 – 12
11 हामी चाहन्‍छौं, कि तिमीहरू प्रत्‍येकले आफ्‍ना सम्‍पूर्ण आशा प्राप्‍त गर्नका निम्‍ति अन्‍त्‍यसम्‍मै त्‍यही तत्‍परता देखाउनेछौ,
12 यस उद्देश्‍यले कि तिमीहरू सुस्‍त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्‍छन्‌।

लूका 10 : 33 – 37
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”

हितोपदेश 27 : 23
23 तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे,

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

२ राजाहरू 7 : 3 – 8
3 अब त्‍यस सहरको मूल ढोकानेर बस्‍ने चार जना कुष्‍ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्‍जेल किन बस्‍ने?
4 यदि ‘हामी सहरभित्र जाऔं’ भनी भन्‍यौं भने, त्‍यहाँ अनिकाल छ र हामी मर्नेछौं। अनि यहाँ बस्‍यौं भने पनि हामी मर्नेछौं। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोड़िदिए भने हामी बाँच्‍नेछौं। यदि मारे भने पनि हामी मर्नेछौं।”
5 तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्‍यहाँ एउटै मानिस पनि देखेनन्‌।
6 किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्‍न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्‍याएका छन्‌।”
7 यसैकारण उनीहरू साँझमा आफ्‍ना पालहरू, घोड़ाहरू र गधाहरू छोड़ेर ज्‍यान बचाएर भागेका थिए। छाउनी पनि त्‍यसै लथालिङ्गै थिए।
8 ती कुष्‍ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्‍ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्‍यत्र लगेर लुकाइराखे। त्‍यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे।

कलस्सी 3 : 2
2 माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।

दानिएल 11 : 32
32 करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌।

भजनसंग्रह 119 : 60
60 म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *