यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् काम
कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
कलस्सी 3 : 22 – 24
22 कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
24 यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
एफिसी 4 : 28
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
हितोपदेश 16 : 3
3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।
उत्पत्ति 2 : 15
15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोड़गाड़ र हेरचाह गर्न राख्नुभयो।
लूका 1 : 37
37 किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
१ कोरिन्थी 15 : 10
10 तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो।
यूहन्ना 6 : 27
27 नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।”
गलाती 6 : 4 – 5
4 प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।
5 किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ।
१ थेसलोनिकी 4 : 11
11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर,
हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
हितोपदेश 21 : 5
5 लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।
मत्ती 11 : 28
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
२ थेसलोनिकी 3 : 10
10 तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्यसले नखाओस्।”
हितोपदेश 13 : 22
22 असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ।
१ कोरिन्थी 16 : 14
14 जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
लूका 14 : 28
28 “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
हितोपदेश 24 : 27
27 बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना।
याकूब 2 : 26
26 जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
याकूब 2 : 18
18 तर कसैले भन्ला, “तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु।
Leave a Reply