कवच-वाहक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कवच-वाहक

न्यायकर्ताहरू 9 : 54
54 अबीमेलेकले तुरुन्‍तै आफ्‍नो हतियार बोक्‍ने जवानलाई बोलाएर भने, “झट्टै आफ्‍नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्‍त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्‍लान्‌।” यसैले त्‍यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे।

१ शमूएल 14 : 7
7 तिनका हतियार बोक्‍ने मानिसले जवाफ दियो, “तपाईंलाई जे ठीक लाग्‍छ, गर्नुहोस्‌। अगि बढ्‌नुहोस्‌। तपाईं जे गर्नुहुन्‍छ म तनमनले तपाईंलाई साथ दिन्‍छु।”

१ शमूएल 14 : 12
12 उनीहरूले जोनाथन र तिनका हतियार बोक्‍ने मानिसलाई भने, “यहाँ हामीकहाँ उक्‍लेर आओ। हामी तिमीहरूलाई पाठ सिकाउनेछौं।” जोनाथनले आफ्‍ना हतियार बोक्‍नेलाई भने, “मेरो पछि उक्‍लेर आऊ। परमप्रभुले उनीहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुभएको रहेछ।”

१ शमूएल 14 : 14
14 पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्‍नेले उनीहरूका प्राय: बीस जनालाई मारे।

१ शमूएल 14 : 17
17 तब शाऊलले को-को छैनन्‌ भनी जान्‍नलाई गन्‍ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्‍नेलाई हाजिर नभएका भेट्टाए।

१ शमूएल 16 : 21
21 दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्‍ने भए।

१ शमूएल 31 : 6
6 यसरी उनीहरू सबै त्‍यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्‍ने र उनका मानिसहरू पनि।

१ शमूएल 17 : 7
7 त्‍यसको भालाको लट्ठी कपड़ा बुन्‍ने जुलाहाको डन्‍डाजत्रो थियो, र भालाको टुप्‍पा, जो फलामको थियो, त्‍यसको ओजन सात किलो थियो। त्‍यसको ढाल बोक्‍ने त्‍यसको अगिअगि हिँड्‌थ्‍यो।

२ शमूएल 18 : 15
15 तब योआबका हतियार बोक्‍ने दश जना मानिसहरूले अब्‍शालोमलाई घेरे, र तिनलाई प्रहार गरे, र मारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *