यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कर्मचारी
लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। “‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्।
लेवीहरू 25 : 6
6 त्यस भूमिले विश्रामको वर्षमा दिएको उब्जनी नै तिमीहरूका निम्ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी,
व्यवस्था 15 : 18
18 त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ।
व्यवस्था 24 : 15
15 सूर्यास्तअघि नै प्रतिदिन त्यसको ज्याला दिइहाल्नू, किनकि त्यो एक गरीब हो र त्यो आफ्नो ज्यालामा नै भर परेको हुन्छ। नत्रता त्यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्यो भने, तिमीहरूलाई पाप लाग्नेछ।
मत्ती 10 : 10
10 यात्राको निम्ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ।
लूका 10 : 7
7 तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस। किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नपसी हिँड़।
रोमी 4 : 4
4 अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो।
१ तिमोथी 5 : 18
18 किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।”
अय्यूब 7 : 3
3 यस्तै व्यर्थका महिना मेरा भाग भएका छन्, दु:खका रातहरू मेरो निम्ति ठहराइएका छन्।
अय्यूब 14 : 1
1 “स्त्रीबाट जन्मेको मानिस अल्पआयुको र अशान्तिले भरिएको हुन्छ,
अय्यूब 14 : 6
6 यसकारण त्यसबाट तपाईं आफ्नो मुख फर्काउनुहोस्, र ज्यालादार मजदूरले जस्तै आफ्नो समय पूरा नगरेसम्म त्यसलाई एकलै छोड़िदिनुहोस्।
मत्ती 20 : 15
15 मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने?
मत्ती 21 : 41
41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”
यूहन्ना 10 : 13
13 त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन।
रूथ 2 : 4
4 अनि त्यहाँ बोअज पनि बेथलेहेमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, “परमप्रभु तिमीहरूसँग होऊन्।” अनि तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्।”
लूका 15 : 17
17 “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
लूका 15 : 19
19 अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।”
हितोपदेश 22 : 16
16 आफ्नो सम्पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्।
मलाकी 3 : 5
5 “यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
लूका 15 : 16
16 सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो।
Leave a Reply