यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् करारहरू
भजनसंग्रह 105 : 8 – 11
8 उहाँ आफ्नो करार सदा स्मरण गर्नुहुन्छ, त्यो वचन जो उहाँले हजारौं पुस्ताहरूलाई दिनुभएको थियो,
9 त्यही करार, जो उहाँले अब्राहामसँग बाँध्नुभयो, त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,
10 जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो:
11 “तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो अंश हुनेछ।”
हिब्रू 12 : 18 – 24
18 तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्ड अग्नि, कालो बादल, घोर अन्धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।
19 तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्द सुन्नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्” भनी बिन्ती गरे।
20 किनभने “यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू” भन्ने आज्ञा तिनीहरूले सहन सकेनन्।
21 र त्यहाँको दृश्य यस्तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्दछु” भनेका थिए।
22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।
23 स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा,
24 र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।
Leave a Reply