कम्पनी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कम्पनी

उत्‍पत्ति 19 : 15
15 उज्‍यालो हुन लाग्‍दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्‍नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्‍म हुनेछौ।”

उत्‍पत्ति 49 : 6
6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्‍नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्‌।

प्रस्‍थान 23 : 2
2 खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्‍साफ नबिगार।

प्रस्‍थान 23 : 33
33 तिमीहरूको देशमा उनीहरूलाई बस्‍न नदिनू, नत्रता उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउँछन्, किनकि तिमीहरूले उनीहरूका देवताको पूजा गर्‍यौ भने तिमीहरू निश्‍चय नै उनीहरूका फन्‍दामा पर्नेछौ।”

प्रस्‍थान 34 : 15
15 “होशियार, त्‍यस देशका बासिन्‍दाहरूसित तिमीहरूले सन्‍धि नगर्नू, नत्र उनीहरू आफ्‍ना देवताहरूका पछि लागेर आत्‍मिक व्‍यभिचारझैँ गर्दा र आफ्‍ना देवताहरूका लागि बलि गर्दा, उनीहरूले तिमीहरूलाई बोलाउनेछन्‌ र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ।

व्यवस्था 7 : 4
4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्‍य देवताको पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई तत्‍कालै नष्‍ट पार्नुहुनेछ।

यहोशू 23 : 13
13 यो निश्‍चय जान, कि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका दृष्‍टिबाट फेरि धपाउनुहुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्‍ट नभएसम्‍म उनीहरू तिमीहरूका निम्‍ति पासो र जाल, र तिमीहरूका पीठमा कोर्रा, र तिमीहरूका आँखामा काँढ़ा हुनेछन्‌।

लेवीहरू 18 : 3
3 तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्‍नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्‍यहाँका रीतिथिति र विधिहरू पनि नमान्‍नू।

लेवीहरू 20 : 23
23 तिमीहरूका सामुन्‍ने मैले निकाल्‍न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्‌नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्‍यसैकारण मैले तिनीहरूलाई घृणा गरें।

गन्ती 16 : 26
26 समुदायलाई तिनले सावधान गराए, “यी दुष्‍ट मानिसहरूका पालबाट दूर हट, र यिनीहरूका केही कुरा पनि नछोओ, नत्रता यिनीहरूका सब पापले गर्दा तिमीहरू पनि भस्‍म हुनेछौ।”

गन्ती 33 : 55
55 “‘तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्‍का र जीउमा बिझेका काँढ़ाजस्‍तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्‌।

न्यायकर्ताहरू 2 : 3
3 यसैले म भन्‍दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्‍ति पासो बन्‍नेछन्‌’।”

व्यवस्था 12 : 30
30 तब होशियार बस, र उनीहरू नष्‍ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्‍नू, र “यी जातिहरूले आफ्‍ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्‍यसै गर्छौं” भन्‍दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू।

२ शमूएल 23 : 7
7 फलाम वा काठको हतियारले बाहेक काँढ़ालाई कसैले छुँदैन। काँढ़ाहरू जहाँ थुपारिन्‍छन्‌ त्‍यहीँ जलाइन्‍छन्‌।”

२ इतिहास 19 : 2
2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए। येहूले यहोशापातलाई भने, “के दुष्‍टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्‍छ? यसैकारण परमप्रभुको क्रोध तपाईंमाथि आइपर्नेछ। तपाईंले दु:ख पाउनुहुनेछ।

एज्रा 9 : 14
14 के हामी फेरि तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरेर यस्‍ता घिनलाग्‍दा चालमा चल्‍ने मानिसहरूसँग वैवाहिक सम्‍बन्‍ध जोड़ौं? के तपाईं हाम्रा निम्‍ति कुनै अवशेष नराखी नाश गर्नसम्‍म रिसाउनुहुनेथिएन र?

भजनसंग्रह 1 : 1
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।

भजनसंग्रह 6 : 8
8 हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ।

भजनसंग्रह 15 : 4
4 जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,

भजनसंग्रह 26 : 5
5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।

भजनसंग्रह 26 : 9
9 मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,

भजनसंग्रह 28 : 3
3 मलाई दुष्‍टहरूसित र दुष्‍ट काम गर्नेहरूसित नलैजानुहोस्‌, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्‌, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्‍छ।

भजनसंग्रह 31 : 6
6 व्‍यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु।

भजनसंग्रह 50 : 18
18 चोरलाई भेट्‌दा तँ चोरकै साथी हुन्‍छस्‌, अनि तँ व्‍यभिचारीहरूको सङ्गत गर्छस्‌।

भजनसंग्रह 84 : 10
10 तपाईंको मन्‍दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्‍दा उत्तम छ। दुष्‍टहरूका पालमा बस्‍नुभन्‍दा बरु मेरा परमेश्‍वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।

भजनसंग्रह 101 : 4
4 कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्‍बन्‍ध राख्‍नेछैनँ।

भजनसंग्रह 101 : 7
7 छलकपट गर्ने मानिस मेरो घरमा बस्‍न पाउनेछैन, झूट बोल्‍ने मानिस मेरो नजरको सामुन्‍ने रहन पाउनेछैन।

भजनसंग्रह 106 : 35
35 तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *