कफर्नहुम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कफर्नहुम

मत्ती 4 : 13
13 र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।

लूका 4 : 31
31 उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो।

मत्ती 9 : 26
26 तब यस कुराको कीर्ति त्‍यस मुलुकभरि फिँजियो।

मत्ती 17 : 27
27 तर तिनीहरू हामीबाट नचिढ़िऊन्‌ भन्‍ने हेतुले, समुद्रमा गएर बल्‍छी हान, र पहिले परेको माछा ल्‍याऊ। त्‍यसको मुख खोल्‍दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्‍यो लगेर तिम्रो र मेरो निम्‍ति तिनीहरूलाई देऊ।”

मर्कूस 1 : 45
45 तर त्‍यो निस्‍केर गयो, अनि यस विषयमा खुल्‍लमखुल्‍ला प्रचार गर्न लाग्‍यो, र येशू फेरि सहरमा खुलस्‍त प्रवेश गर्न सक्‍नुभएन, र एकान्‍त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।

मर्कूस 3 : 6
6 तब निस्‍केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्‍तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।

लूका 7 : 10
10 जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्‍यस कमारालाई निको भएको भेट्टाए।

यूहन्‍ना 4 : 53
53 येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍नेछ” भन्‍नुभएको घड़ीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए। अनि तिनी आफैले र तिनका सारा परिवारले विश्‍वास गरे।

यूहन्‍ना 6 : 25
25 तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्‍बी, तपाईं यहाँ कहिले आउनुभयो?”

यूहन्‍ना 6 : 59
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।

मत्ती 11 : 23
23 ए कफर्नहुम, के तँ आकाशसम्‍मै उचालिनेछस्‌ र? तँ पातालसम्‍म खसालिनेछस्‌। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्‍यो आजको दिनसम्‍म रहिरहनेथियो।

लूका 10 : 15
15 अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *