यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कप
उत्पत्ति 40 : 11
11 फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।”
२ शमूएल 12 : 3
3 तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालनपोषण गर्यो, र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै कचौरामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो।
१ राजाहरू 7 : 26
26 त्यसको चौड़ाइ चार अङ्गुल थियो, र त्यसको बिटचाहिँ कचौराको बिटजस्तै फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: चवालीस हजार लिटर पानी अटाउँथ्यो।
मत्ती 23 : 25
25 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्।
उत्पत्ति 44 : 2
2 अनि मेरो कचौरा, अर्थात् मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्यस कान्छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्यसले योसेफले भनेबमोजिम गर्यो।
१ इतिहास 28 : 17
17 तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।
यर्मिया 52 : 19
19 राजकीय अङ्गरक्षकका सेनापतिले कञ्चन सुन वा चाँदीले बनेका स्नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे।
मत्ती 26 : 27
27 तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
मर्कूस 14 : 23
23 अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए।
लूका 22 : 20
20 यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो।
१ कोरिन्थी 10 : 21
21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ।
१ कोरिन्थी 10 : 21
21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ।
भजनसंग्रह 11 : 6
6 दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ।
भजनसंग्रह 73 : 10
10 यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्छन्, र प्रशस्त पानी पिउँछन्।
भजनसंग्रह 75 : 8
8 परमेश्वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ। उहाँले त्यो खन्याउनुहुन्छ, अनि पृथ्वीका दुष्टहरू सबैले त्यसको थिग्रासम्मै पिउँछन्,
यशैया 51 : 17
17 ए यरूशलेम, तँ जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस्, र धरमराइदिने कचौराबाट पिएर त्यो रित्त्याएको छस्, तँ जाग्, तँ जाग्।
यशैया 51 : 22
22 तेरा परमप्रभु, तेरा परमेश्वर, जसले आफ्ना प्रजालाई रक्षा गर्नुहुन्छ, उहाँ यो भन्नुहुन्छ: “हेर्, मैले तेरो हातबाट त्यो धरमराइदिने कचौरा लिएको छु, त्यो मेरो क्रोधको कचौरा! तैंले त्यो फेरि कहिल्यै पिउनेछैनस्।
यर्मिया 25 : 28
28 तर यदि उनीहरूले तेरो हातबाट त्यो कचौरा पिउनलाई इन्कार गरे भने, तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले त्यो पिउनैपर्छ।
इजकिएल 23 : 34
34 रित्तो नभएसम्म तैंले त्यो पिउनेछस्, र तैंले त्यो कचौरा टुक्रा-टुक्रा गरी फोर्नेछस्, र तैंले आफ्नो स्तन चिथोर्नेछस्।” मैले नै यो कुरा बोलेको हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
मत्ती 20 : 23
23 उहाँले भन्नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”
मत्ती 26 : 39
39 अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।”
मर्कूस 14 : 36
36 अनि उहाँले भन्नुभयो, “अब्बा, पिता, तपाईंको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मैले इच्छा गरेजस्तो होइन, तपाईंले इच्छा गर्नुभएजस्तो होस्।”
Leave a Reply