कठोर हृदयहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कठोर हृदयहरू

एफिसी 4 : 18
18 तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।

मत्ती 13 : 14 – 15
14 यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।
15 किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्‍नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’

हिब्रू 3 : 8
8 उजाड-स्‍थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्‍तो आफ्‍ना हृदयलाई कठोर नपार,

हितोपदेश 28 : 13 – 14
13 आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्‍याग्‍छ, त्‍यसले कृपा पाउँछ।
14 परमप्रभुसँग सधैँ डराउने मानिस धन्‍यको हो, तर आफ्‍नो हृदय कठोर पार्ने मानिस सङ्कष्‍टमा पर्छ।

प्रस्‍थान 9 : 12
12 तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्‌।

प्रस्‍थान 7 : 3
3 तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्‍हहरू र आश्‍चर्यकर्महरूको संख्‍या मिश्रमा बढ़ाउनेछु।

मर्कूस 8 : 17
17 येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्‍दैनौ वा बुझ्‍दैनौ? के तिमीहरूको मन कठोर भएको छ?

यूहन्‍ना 12 : 48
48 मलाई इन्‍कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्‍यायाधीश छन्‌। जो वचन मैले बोलें त्‍यसैले अन्‍त्‍यको दिनमा त्‍यसको न्‍याय गर्नेछ।

यर्मिया 17 : 9
9 मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

भजनसंग्रह 119 : 9
9 जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।

१ यूहन्‍ना 3 : 9
9 परमेश्‍वरबाट जन्‍मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्‍वभाव त्‍यसमा रहन्‍छ, र त्‍यसले पाप गरिरहन सक्‍दैन, किनभने त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो।

उत्‍पत्ति 6 : 5
5 पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।

मत्ती 4 : 4
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”

मत्ती 24 : 35
35 स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।

२ कोरिन्थी 5 : 10
10 किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *