औंला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् औंला

प्रस्‍थान 29 : 20
20 तब भेड़ालाई बलि गरेर त्‍यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको र त्‍यसका छोराहरूका दाहिने कानका लोतीमा, र तिनीहरूका दाहिने-दाहिने हातका बूढ़ी औँला र दाहिने-दाहिने खुट्टाका बूढ़ी औँलामा लगाउनू। त्‍यसपछि रगत वेदीमा वरिपरि छर्कनू।

लेवीहरू 8 : 24
24 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याए, र तिनले उनीहरूका दाहिने-दाहिने कानका लोतीमा, दाहिने-दाहिने हातका बूढ़ी-औँलामा र दाहिने-दाहिने खुट्टाका बूढ़ी-औँलामा रगत लगाइदिए, अनि रगत वेदीको वरिपरि छर्के।

लेवीहरू 14 : 14
14 तब पूजाहारीले दोषबलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।

लेवीहरू 14 : 17
17 अनि पूजाहारीले आफ्‍नो हातमा रहेको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, त्‍यसको दाहिने हातको बूढ़ी-औँलो र त्‍यसको दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगतमाथि लगाइदेऊन्।

लेवीहरू 14 : 25
25 दोषबलिको पाठो मारेर पूजाहारीले बलिको रगतबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।

लेवीहरू 14 : 28
28 अनि पूजाहारीले आफ्‍नो हातमा भएको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगत लगाएकै ठाउँमा लगाइदेऊन्।

न्यायकर्ताहरू 1 : 7
7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्‍ने गर्थे। मैले उनीहरूलाई जस्‍तो गरेको थिएँ परमेश्‍वरले मलाई त्‍यस्‍तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्‍याए र उनी त्‍यहीँ मरे।

२ शमूएल 21 : 20
20 गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्‍मा चौबीस औँला भएको एउटा दैत्‍यजत्रो मानिस देखा पर्‍यो। त्‍यो पनि रफाकै सन्‍तान थियो।

१ इतिहास 20 : 6
6 गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्‍मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्‍यो। त्‍यो पनि रफाको सन्‍तान थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *