यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओबेद-एदोम
१ इतिहास 15 : 18
18 अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
१ इतिहास 15 : 24
24 अनि शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्वरका सन्दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्दूकको निम्ति द्वारपाल थिए।
१ इतिहास 26 : 8
8 यी सबै ओबेदएदोमका सन्तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्यता भएका मानिसहरू थिए, अनि काम गर्नका निम्ति तिनीहरूको शक्ति पर्याप्त थियो। तिनीहरू जम्मा ६२ जना थिए।
२ शमूएल 6 : 10
10 परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए।
१ इतिहास 13 : 14
14 यसरी सन्दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्म रह्यो, अनि परमेश्वरले ओबेद-एदोमको घराना र तिनका घरमा भएका सबैलाई आशिष् दिनुभयो।
२ शमूएल 6 : 12
12 परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए।
१ इतिहास 15 : 25
25 तब दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका सेनानीहरू ओबेद-एदोमको घरबाट ठूलो आनन्दसाथ परमप्रभुका करारको सन्दूक ल्याउन गए।
१ इतिहास 15 : 21
21 अनि मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याह वीणामा शिमिनिथ भन्ने रागअनुसार बजाउनलाई नियुक्त भए।
१ इतिहास 16 : 5
5 तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे।
१ इतिहास 16 : 38
38 तिनले द्वारपालको काम गर्ने यदूतूनका छोरा ओबेद-एदोम र होसालाई र ओबेद-एदोमका अठसट्ठी कुटुम्बहरू आसापसँग सेवा गर्न खटाए।
१ इतिहास 16 : 38
38 तिनले द्वारपालको काम गर्ने यदूतूनका छोरा ओबेद-एदोम र होसालाई र ओबेद-एदोमका अठसट्ठी कुटुम्बहरू आसापसँग सेवा गर्न खटाए।
२ इतिहास 25 : 24
24 तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के।
Leave a Reply