ओफ्राह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओफ्राह

यहोशू 18 : 23
23 अब्‍बीम, पारा, ओप्रा,

१ शमूएल 13 : 17
17 पलिश्‍तीहरूको छाउनीबाट लुट्‌नेहरूका तीन दल आए। एक दल शूआलको जिल्‍लामा भएको ओप्रातिर लाग्‍यो।

२ इतिहास 13 : 19
19 अबियाले यारोबामलाई खेदे, र तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनका बस्‍तीसमेत अबियाले कब्‍जा गरे।

यूहन्‍ना 11 : 54
54 यसैकारण येशू फेरि यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्‌डुल गर्नुभएन, तर त्‍यहाँबाट उजाड-स्‍थानको नजिकमा रहेको एफ्राइम भन्‍ने सहरमा जानुभयो, र त्‍यहाँ चेलाहरूसँग बस्‍नुभयो।

न्यायकर्ताहरू 6 : 11
11 अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्‌दैथिए।

न्यायकर्ताहरू 6 : 24
24 गिदोनले परमप्रभुको निम्‍ति त्‍यहाँ एउटा वेदी बनाए, र त्‍यसको नाउँ “परमप्रभु शान्‍ति हुनुहुन्‍छ” राखे। त्‍यो आजको दिनसम्‍म पनि अबीएजेरीको ओप्रामा छ।

न्यायकर्ताहरू 8 : 27
27 ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्‍नै सहर ओप्रामा त्‍यो राखे। सबै इस्राएलीहरूले त्‍यसको पूजा गरी आफैलाई वेश्‍यासमान बनाए, र त्‍यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्‍दा भयो।

न्यायकर्ताहरू 8 : 32
32 अनि योआशका छोरा गिदोन पूरा बुढ़ेसकालमा मरे, र आफ्‍ना बुबाको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाड़िए।

न्यायकर्ताहरू 9 : 5
5 त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे।

१ इतिहास 4 : 14
14 मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्‍यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्‍यही नाम राखियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *