ओछ्यान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओछ्यान

श्रेष्‍ठगीत 3 : 9
9 राजा सोलोमनले आफ्‍नै निम्‍ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो।

व्यवस्था 3 : 11
11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)

आमोस 6 : 4
4 तिमीहरू हस्‍तिहाड़ले जड़ेका पलङ्गमा सुत्‍छौ, र आ-आफ्‍ना गद्दीहरूमा लम्‍पसार पर्छौ, र तिमीहरू उत्तम भेड़ाहरू र मोटा बाछाहरू खान्‍छौ।

एस्‍तर 1 : 6
6 त्‍यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्‍डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्‍बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्‍यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्‍यवान्‌ पत्‍थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्‍ने आसनहरू थिए।

आमोस 6 : 4
4 तिमीहरू हस्‍तिहाड़ले जड़ेका पलङ्गमा सुत्‍छौ, र आ-आफ्‍ना गद्दीहरूमा लम्‍पसार पर्छौ, र तिमीहरू उत्तम भेड़ाहरू र मोटा बाछाहरू खान्‍छौ।

हितोपदेश 22 : 27
27 यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।

हितोपदेश 7 : 17
17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्‍धित तुल्‍याएकी छु।

भजनसंग्रह 139 : 8
8 म आकाशमा गएँ भने, तपाईं त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि तपाईं हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *