यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओग
गन्ती 21 : 33
33 त्यसपछि तिनीहरू घुमेर बाशानको बाटो भएर उक्ले। बाशानका राजा ओग र उनका मानिसहरू तिनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई एद्रईमा निस्केर आए।
व्यवस्था 3 : 11
11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्म अम्मोनीहरूको सहर रब्बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)
यहोशू 12 : 4
4 अस्तारोत र एद्रईमा बस्ने रपाईहरूको बचेका बाशानका राजा ओग,
यहोशू 13 : 12
12 अर्थात् अस्तारोत र एद्रईमा राज्य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्यसम्मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए।
गन्ती 21 : 35
35 यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्जा गरे।
व्यवस्था 1 : 4
4 हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो।
व्यवस्था 3 : 7
7 तर सबै गाईबस्तु र सहरका धनमालहरू हामीले जीतका सम्पत्ति स्वरूप आफ्नै निम्ति लग्यौं।
व्यवस्था 29 : 7
7 तिमीहरू यस ठाउँमा आइपुग्दा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्नलाई निस्केर आए, र हामीले उनीहरूलाई परास्त गर्यौं।
व्यवस्था 31 : 4
4 एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ।
यहोशू 2 : 10
10 तपाईंहरू मिश्रदेशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।
यहोशू 9 : 10
10 यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्बोनका राजा सीहोनलाई र अस्तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं।
भजनसंग्रह 135 : 11
11 एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई।
भजनसंग्रह 136 : 20
20 उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
गन्ती 32 : 33
33 तब मोशाले गाद र रूबेनका सन्तान र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्पूर्ण देश दिए।
व्यवस्था 3 : 17
17 त्यसको पश्चिमी सिमाना अराबाको यर्दन, किन्नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात् खारा समुद्रसम्म [1] थियो।
व्यवस्था 4 : 49
49 र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्म [1] इस्राएलीहरू सबै अराबाका अधिकारी भए।
व्यवस्था 29 : 8
8 अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्शेका आधा कुललाई त्यो अंशको रूपमा दियौं।
यहोशू 12 : 6
6 परमप्रभुका दास मोशा र इस्राएलीहरूले उनीहरूलाई जिते। परमप्रभुका दास मोशाले रूबेनीहरूलाई, गादीहरूलाई र मनश्शेको आधा कुललाई अधिकारको निम्ति त्यो दिएका थिए।
यहोशू 13 : 12
12 अर्थात् अस्तारोत र एद्रईमा राज्य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्यसम्मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए।
यहोशू 13 : 31
31 र गिलादको आधा भाग, अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्शेका छोरा माकीरका सन्तानका निम्ति, अर्थात् माकीरका आधा सन्तानका निम्ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।
१ राजाहरू 4 : 19
19 गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्यस जिल्लाका एक जना मात्र जिल्लापाल थिए।
नहेम्याह 9 : 22
22 “तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू र टाढ़ाका सीमान्त-प्रदेशहरू पनि दिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश जिते।
भजनसंग्रह 136 : 21
21 उहाँले उनको देश पैतृक-सम्पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Leave a Reply