ऐना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ऐना

अय्‍यूब 37 : 18
18 के तपाईं आकाशमण्‍डललाई उहाँले झैँ पगालेर बनाएको धातुको ऐनाजस्‍तै कड़ा बनाउन सक्‍नुहुन्‍छ र?

प्रस्‍थान 38 : 8
8 तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्‍त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्‍यसका खुट्टा बनाए।

१ कोरिन्थी 13 : 12
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।

२ कोरिन्थी 3 : 18
18 हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।

याकूब 1 : 24
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *