एम्बुस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एम्बुस

यहोशू 8 : 22
22 उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्‍केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्‍कन र बाँच्‍न नदिई मारे।

न्यायकर्ताहरू 9 : 25
25 तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्‍पातिर बाटो हिँड्‌ने प्रत्‍येकलाई ढुक्‍न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्‍याइयो।

न्यायकर्ताहरू 9 : 34
34 यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे।

न्यायकर्ताहरू 20 : 41
41 तब इस्राएलीहरू फनक्‍क फर्केर बेन्‍यामीनीहरूमाथि जाइलागे। बेन्‍यामीनीहरूले आफ्‍नो नाश आएको देखे र डरले आत्तिए।

२ इतिहास 13 : 13
13 यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको मुख्‍य सेनाले चाहिँ यहूदाको सामना गर्‍यो।

यर्मिया 51 : 12
12 बेबिलोनका पर्खालहरूका विरुद्धमा झन्‍डा उठाओ। गारदलाई बलियो पार। पहरा-चौकी खटाओ। लुकेर हमला गर्ने ठाउँ तयार पार। बेबिलोनका मानिसहरूका विरुद्धमा परमप्रभुले आफ्‍नो उर्दी दिनुभएको छ, उहाँले आफ्‍नो अभिप्राय पूरा गर्नुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *