एफ्राइम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एफ्राइम

उत्‍पत्ति 41 : 52
52 अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”

उत्‍पत्ति 48 : 5
5 “अब म मिश्रमा आउन अगि मिश्रमा जन्‍मेका तेरा यी दुई छोराहरू मेरै हुन्‌। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌।

उत्‍पत्ति 48 : 20
20 इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलले तेरो नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछ: परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाड़ि राखे।

गन्ती 26 : 37
37 एफ्राइमको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ३२,५०० थियो। योसेफका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।

१ इतिहास 7 : 27
27 तिनका छोरा नून, तिनका छोरा यहोशू थिए।

१ इतिहास 7 : 22
22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्‍ति धेरै दिनसम्‍म विलाप गर्दैरहे, अनि तिनका कुटुम्‍बहरू तिनलाई सान्‍त्‍वना दिनलाई आए।

उत्‍पत्ति 49 : 26
26 तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्‍दा र अनन्‍त डाँड़ाहरूका आशिष्‌भन्‍दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरैमा।

यशैया 9 : 21
21 मनश्‍शेले एफ्राइमलाई र एफ्राइमले मनश्‍शेलाई खानेछ, र तिनीहरू दुवै यहूदाको विरुद्धमा हुनेछन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।

यशैया 11 : 13
13 एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्‍ट हुनेछन्‌। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ।

यशैया 28 : 1
1 एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्‍यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, जो मलिलो उपत्‍यकाको सिरानमा राखिएको छ। त्‍यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्‍याइएको छ।

होशे 5 : 14
14 किनकि म एफ्राइमको निम्‍ति एउटा सिंहझैँ र यहूदाको निम्‍ति एउटा ठूलो सिंहझैँ हुनेछु। तिनीहरूलाई टुक्रा-टुक्रा पारेर म बाटो लाग्‍नेछु, म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।

जकरिया 9 : 10
10 म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्‍तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्‍य समुद्रदेखि समुद्रसम्‍मै र यूफ्रेटिस नदीदेखि पृथ्‍वीको अन्‍तसम्‍मै हुनेछ।

जकरिया 10 : 7
7 एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्‌। तिनीहरूका छोराछोरीहरूले त्‍यो देखेर रमाहट गर्नेछन्‌। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्‌।

गन्ती 1 : 33
33 एफ्राइमको कुलबाटको संख्‍या ४०,५०० थियो।

गन्ती 26 : 37
37 एफ्राइमको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ३२,५०० थियो। योसेफका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *