एन-रोगेल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एन-रोगेल

यहोशू 15 : 7
7 त्‍यो सिमाना आकोरको बेँसीबाट दबीरसम्‍म चढ़ेर गएको थियो, अनि यसरी उत्तरतिर, खोलाको दक्षिणपट्टि भएको अदुम्‍मीमका उकालोको सोझै गिलगालतिर लागेको थियो। अनि त्‍यो सिमाना एन-शेमेश नाउँका तलाउको छेउ-छेउ लागेर एन-रोगेलमा निस्‍केको थियो।

यहोशू 18 : 16
16 त्‍यो सिमाना बेन-हिन्‍नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्‍लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्‍नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो।

२ शमूएल 17 : 17
17 जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्‍थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्‍थे। किनभने सहरभित्र कसैले देख्‍ने खतरामा पर्न तिनीहरू चाहँदैनथे।

१ राजाहरू 1 : 9
9 तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्‍ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्‍ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्‍तो दिए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *