यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एन्टिओक
प्रेरित 11 : 30
30 तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।
प्रेरित 13 : 1
1 एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए।
प्रेरित 14 : 27
27 जब तिनीहरू एन्टिओखियामा आइपुगे, तब मण्डलीलाई भेला गराए, अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्यजातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए।
प्रेरित 14 : 28
28 तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे।
प्रेरित 15 : 35
35 पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्टिओखियामा बसे।
गलाती 2 : 15
15 हामी जन्मैका यहूदी हौं, र अन्यजाति जस्तै पापी होइनौं,
प्रेरित 13 : 52
52 चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।
२ तिमोथी 3 : 11
11 मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियनमा र लुस्त्रामा ममाथि के पर्न आयो र कस्ता-कस्ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।
प्रेरित 14 : 22
22 चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।
प्रेरित 18 : 22
22 जब तिनी कैसरियामा उत्रे तब माथि उक्लेर मण्डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्टिओखियातिर ओर्ले।
Leave a Reply