यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एन्जिल (२)
प्रस्थान 14 : 19
19 तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्ने परमेश्वरका दूत हटेर तिनीहरूका पछिल्तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्तिर खड़ा भयो।
न्यायकर्ताहरू 13 : 6
6 ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्।
१ शमूएल 29 : 9
9 आकीशले दाऊदलाई जवाफ दिए, “म यो कुरा मान्छु कि तिमी मप्रति परमेश्वरका दूतजस्तै सच्चा भएका छौ, तर तिमी तिनीहरूका साथमा लागेर लड़ाइँ गर्न जानुहुँदैन भनी पलिश्तीहरूका सेनापतिहरू जिद्दी गर्छन्।
२ शमूएल 14 : 17
17 “अब हजूरकी दासी यो भन्छे, ‘मेरा हजूर राजाका वचनले मलाई विश्राम देऊन्, किनभने खराब र असल छुट्ट्याउनमा हजूर त परमेश्वरका एक स्वर्गदूतजस्तै हुनुहुन्छ। परमप्रभु हजूरका परमेश्वर हजूरसँग रहून्’।”
२ शमूएल 14 : 20
20 अहिलेको स्थितिलाई अर्कोतिर ढल्काउनलाई हजूरका दास योआबले यो गरेका हुन्। हजूर परमेश्वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, अनि देशमा के भइरहेछ सबै जान्नुहुन्छ।”
२ शमूएल 19 : 27
27 त्यसले हजूर राजाको सामु मेरो विरुद्धमा कुरा लगाएको छ। हजूर त परमेश्वरका दूतजस्तै हुनुहुन्छ। हजूरलाई जे ठीक लाग्छ सो गर्नुहोस्।
प्रेरित 27 : 23
23 किनभने जुन परमेश्वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए।
गलाती 4 : 14
14 यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्कार गरेनौ, न घृणा नै गर्यौ, तर परमेश्वरको एउटा दूतलाई, ख्रीष्ट येशूलाई झैँ मलाई ग्रहण गर्यौ।
उत्पत्ति 16 : 7
7 परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए।
उत्पत्ति 16 : 9
9 परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।”
उत्पत्ति 22 : 11
11 तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।”
प्रस्थान 3 : 2
2 त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो।
गन्ती 22 : 23
23 परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्यस गधाले देख्यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे।
गन्ती 22 : 25
25 परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्यो र बालामको खुट्टा त्यसले पर्खालमा चेप्ट्याइदियो। तिनले त्यसलाई फेरि पिटे।
गन्ती 22 : 27
27 गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो।
गन्ती 22 : 32
32 तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्नो गधालाई तीन पल्ट हिर्काइस्? हेर्, म तेरो बाटो छेक्न आएको छु, किनभने मेरो सामुन्ने तँ आफ्नै जिद्दीमा हिँड्दैछस्।
गन्ती 22 : 35
35 परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्छु, त्यही मात्र तैंले बोल्।” यसकारण बालाम बालाकका मुख्य व्यक्तिहरूका साथमा गए।
न्यायकर्ताहरू 2 : 1
1 परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइपुर्याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भङ्ग गर्नेछैनँ।
न्यायकर्ताहरू 6 : 12
12 तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।”
न्यायकर्ताहरू 6 : 22
22 तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।”
न्यायकर्ताहरू 13 : 3
3 परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ।
न्यायकर्ताहरू 13 : 6
6 ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्।
न्यायकर्ताहरू 13 : 9
9 परमेश्वरले मानोहको प्रार्थना सुन्नुभयो, र परमेश्वरका दूत बारीमा बसिरहेकी ती स्त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्।
न्यायकर्ताहरू 13 : 21
21 त्यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, र मानोहले ती त परमप्रभुका दूत रहेछन् भनी थाहा पाए।
२ शमूएल 24 : 16
16 जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।
१ राजाहरू 19 : 7
7 परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।”
Leave a Reply